हुलाकी न्यूज, काठमाडौं, १४ असोज । एकीकृत माओवादीका रामचन्द्र झाले जनकपुरका पत्रकार मनिका झालाई धम्की दिएका छन् । डा. बाबुराम भट्टराईको जनकपुरमा भएको कार्यक्रममा नेता झामाथि हातपात भएको समाचारलाई लिएर उनले अन्नपूर्ण पोष्टका पत्रकार झालाई धम्की दिएको बुझिएको छ ।

डा. भट्टराईले असोज १२ गते जनकपुरमा गरेको संबोधन कार्यक्रममा नेता झामाथि हातपात भएको समाचार अन्नपूर्ण पोष्टमा आएको थियो । नेता झाले अरुको बहकावमा आएर उक्त समाचार र फोटो छापेको भन्दै पत्रकार झालाई फोनमा धम्की दिएको पीडित पत्रकारलाई उदृत गर्दै इन्सेक अनलाइनले जनाएको छ ।

यता नेता झाले आफूले त्यस्तो केही नगरेको बतएका छन् । उक्त कार्यक्रममा डा. भट्टराईले संबोधन गरेपछि मञ्चमा आगजनी गरिएको थियो । उक्त कार्यक्रममा नेता झासँगै प्रभु साह, रामकुमार शर्मा लगायतका नेता उपस्थित थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.