अफरोज अर्पण

तथ्यांक १ :
सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, बिमलेन्द्र निधि, रामशरण महत, कृष्णप्रसाद सिटौला, प्रदिप गिरी, सुजाता कोइराला, गगन थापा, गोबिन्द चौधरी, केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल, भीमप्रसाद रावल, सुवास नेम्वाङ, अग्नी खरेल, रवीन्द्र अधिकारी, पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, मोहन बैद्य, नेत्रविक्रम चन्द ‘बिप्लब’, कृष्णबहादुर महरा, रामबहादुर थापा ‘बादल’, पम्फा भुसाल, टोपबहादुर रायमाझी, वर्षमान पुन, गिरीराजमणी पोख्र्रेल, राम कार्की, हिसिला यमी, रामचन्द्र झा, उर्मिला अर्याल, प्रभु साह, सूर्यबहादुर थापा, कमल थापा, पशुपति शम्शेर जबरा, नारायणमान बिजुक्छे, विजय गच्छदार, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, महन्त ठाकुर, महिन्द्र राय यादव, राजेन्द्र महतो, गोपाल दहित, रुक्मिणी चौधरी, रामजनम चौधरी, राजकुमार लेखी, लक्ष्मण थारू, सरतसिंह भण्डारी, अनिलकुमार झा, सरिता गिरी ।

तथ्यांक २ :
नेपाली काँग्रेस (पहाडे बाहुन÷खस बाहुल्य) : सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, बिमलेन्द्र निधि, रामशरण महत, रामवरण यादव, कृष्णप्रसाद सिटौला, सुजाता कोइराला, शेखर कोइराला, खुमबहादुर खडका, प्रदिप गिरी, गगन थापा, गोबिन्द चौधरी, अमरेशकुमार सिंह ।

एमाले (पहाडे बाहुन÷खस बाहुल्य) : केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल, अग्नी खरेल, शंकर पोख्रेल, युवराज ज्ञवाली, ईश्वर पोख्रेल, प्रदीप ज्ञवाली, रवीन्द्र अधिकारी, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल ।

माओवादी (पहाडे बाहुन÷खस बाहुल्य) : पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, मोहन बैद्य, नेत्रविक्रम चन्द ‘बिप्लब’, कृष्णबहादुर महरा, राम कार्की, हिसिला यमी, रामचन्द्र झा, उर्मिला अर्याल, रामबहादुर थापा ‘बादल’, पम्फा भुसाल, टोपबहादुर रायमाझी, वर्षमान पुन, अग्नी खरेल, गिरिराजमणी पोख्रेल, मातृका यादव ।

मधेशवादी दल (यादव, थारू, मधेशी ब्राह्मण बाहुल्य) : विजय गच्छदार, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, महन्त ठाकुर, महिन्द्रराय यादव, राजेन्द्र महतो, गोपाल दहित, रुक्मिणी चौधरी, रामजनम चौधरी, राजकुमार लेखी, लक्ष्मण थारू, सरतसिंह भण्डारी, अनिलकुमार झा, सरिता गिरी, हृदयेश त्रिपाठी, जितेन्द्र देव, लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल ।

तथ्यांक ३ :
मधेशी दलका शीर्षस्थ नेताहरू :

थारू (५.५ प्रतिसत) : विजय गच्छदार (अध्यक्ष), रामजनम चौधरी (महासचिव), गोबिन्द चौधरी, राजकुमार लेखी (अध्यक्ष), लक्ष्मण थारू ,गोपाल दहित (अध्यक्ष), रुक्मिणी चौधरी (अध्यक्ष)

यादव (३.५ प्रतिसत) : उपेन्द्र यादव (अध्यक्ष), महिन्द्र राय यादव (अध्यक्ष)

पहाडे मुल : अशोक राई (वरिष्ठ नेता), सरतसिंह भण्डारी (अध्यक्ष), राजेन्द्र श्रेष्ठ (सहअध्यक्ष)

मधेशी अन्य : राजेन्द्र महतो (अध्यक्ष), जितेन्द्र देव (महासचिव), हरिचरण साह (अध्यक्ष), मेघराज नेपाली निषाद.(अध्यक्ष)

मधेशी ब्राह्मण (१ प्रतिसतभन्दा कम) : महन्त ठाकुर (अध्यक्ष), हृदयेश त्रिपाठी (उपाध्यक्ष), लक्ष्मणलाल कर्ण (सहअध्यक्ष), सर्वेन्द्रनाथ शुक्ल (महामन्त्री) अनिलकुमार झा (अध्यक्ष), सरिता गिरी (उपाध्यक्ष), जितेन्द्र सोनल (सहमहामन्त्री)

दलित मधेशी : विश्वेन्द्र पासवान (अध्यक्ष)

माथिका कुन पार्टीमा मुस्लिम समुदायको त्यस्तो नेता छन् जसले राष्ट्रिय नेताको हैसियत राख्छ ? माथि केही मात्र नामहरू दिइएको छ । यी नामहरूलाई नेपालका नेताहरूको रूपमा चिनिन्छन् । के तपाईंलाई लाग्छ कि यी नामहरूको बीचमा कुनै मुसलमानको नाम लेख्दा सुहाउँछ ? सुहाउने नाम खोज्न तपाईंलाई हम्मे हम्मे पर्छ, महाशय । असम्भव प्रायः छ । किन ? किनकि मुस्लिम समुदायले आफूभित्र नेता पैदा गर्नेपट्टि कहिल्यै सोचेन । सरकारी तथ्यांकलाई नै मान्ने हो भने मुस्लिम समुदायभन्दा थोरैले अधिक रहेको जनसंख्या थारूको छ । र, थारूमा सवै पार्टीहरूमा नेताको हैसियतमा कोही न कोही छ । आफ्नै पार्टी खोलेर पनि धेरैले राष्ट्रिय व्यक्तित्वको हैसियत पाएका छन् । राष्ट्रिय राजनीतिलाई नै प्रभाव पार्नसक्ने हैसियत राख्ने विजयकुमार गच्छदार छन् ।

मुसलमानको भन्दा कम जनसंख्या भएको यादव समुदायको अध्यक्षता भएको दुईवटा पार्टीले राष्ट्रिय राजनीतिमा भूमिका निर्वाह गर्दैछ । उपेन्द्र यादव र महिन्द्र राय यादव राष्ट्रिय राजनीतिमा जहिले पनि छाएका हुन्छन् ।

मधेशी ब्राह्मणहरूको जनसंख्या नेपालमा थोरै छ, मुस्लिम समुदायको भन्दा त निकै कम । तर, महन्त ठाकुर, हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ल, अनिलकुमार झा, सरिता गिरी, लक्ष्मणलाल कर्ण नेपाली राजनीतिको केन्द्रमा रहन्छन् ।

साह र महतोहरूको जनसंख्या पनि मुसलमानको भन्दा कम नै छ । तर, राजेन्द्र महतोले जहिले पनि राष्ट्रिय राजनीतिलाई हल्लाइरहेका हुन्छन् ।

तथ्यांक ४ : मुसलमानहरू हैसियतबिहीन उपाध्यक्षको रूपमा :

यहाँ कसैलाई होच्याउन खोजिएको छैन । यथार्थ सामुन्ने आउनै पर्छ । खास गरी मधेश केन्द्रित दलहरूमा मुसलमानलाई पार्टीको उपाध्यक्षमा राख्ने चलन हुँदै आयो । मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) मा नसिर सिद्दिकीलाई उपाध्यक्ष बनाइयो । त्यसपछि संघीय समाजवादी पार्टीमा रिजवान अन्सारीलाई उपाध्यक्ष बनाइयो । पछि मधेशी जनअधिकार फोरम नेपालमा मोहम्मद लालबाबु राउतलाई उपाध्यक्षको भूमिकामा ल्याइयो । संघीय समाजवादी पार्टी र मधेशी जनअधिकार फोरम नेपालबीच एकीकरण भएर संघीय समाजवादी फोरम अस्तित्वमा आएपछि लालबाबु राउतलाई उपाध्यक्षको भूमिका प्राप्त भयो तर रिजवान अन्सारीले केन्द्रीय सदस्यमा चित्त बुझाउनुपर्यो । त्यस्तै राष्ट्रिय मधेश समाजवादी पार्टीमा जैनुल राइन उपाध्यक्ष छन् भने सद्भावना नेपाल पार्टीमा अलाउद्दीन अन्सारी उपाध्यक्ष छन् । यी पार्टीहरूमध्ये संघीय समाजवादी फोरममा लालबाबु राउतको केही भूमिका देखिए पनि अन्य कुनै पनि उपाध्यक्ष खासै भूमिकामा छैनन् । उनीहरूको व्यक्तित्वले राष्ट्रिय स्वरूप लिन कहिल्यै सकेन । भूमिकाबिहीन उपाध्यक्ष बनाएर मुस्लिम समुदायमा लिडरशीपको विकास हुन दिइएकै छैन । यसअघि अकबाल अहमद शाह र शशिकपुर मियाँलाई फोरम गणतान्त्रिकमा महासचिव बनाइएको थियो । तर, उनीहरू पनि भूमिकाविहीन नै थिए ।

नेपाली काँग्रेसभित्र फर्मुल्ला मन्सुर र आफताब आलमको हैसियत पनि त्यति प्रष्टिएको छैन । अरूको त झन् अत्तोपत्तो छैन । एमालेभित्र कुनै मुसलमानले नेताको हैसियत बनाउन सकेको छैन । एमाओवादीभित्र पनि कुनै मुस्लिम राष्ट्रिय नेताको हैसियतमा छैन ।

यसरी नेपालको कुनै पनि पार्टीले कुनै पनि मुसलमानलाई नेताको हैसियतमा खडा गरेको छैन । ठूलो जनसंख्या बोेकेको समुदायको एक व्यक्तिको पनि राष्ट्रिय स्तरको नेताको हैसियत नहुनु निश्चित रूपमा दुःखको कुरा हो ।

डा. मोहस्सीनपछिको ग्याप :

पञ्चायतीकालमा डा. मोहस्सीनको हैसियत नेताको थियो । त्यस्तै नेपाली काँग्रेसमा शेख इद्रीसले पनि आफ्नो राजनीतिक पहुँच खडा गरेका थिए । तर, पार्टीले उहाँलाई त्यो रूपमा स्वीकार गरेको खासै पाइएन । एमालेमा सलीम मियाँ अन्सारीले पनि एउटा हैसियत बनाउनै लागेका थिए । तर, पार्टीले पक्षपोषण नगरेपछि उनले पनि हैसियतलाई अझ उचाइमा लान सकेनन् । हाल नेपाली काँग्रेसभित्र फर्मुल्ला मन्सुरले केही गर्न सक्ने क्षमता राख्छन् तर पार्टीले उनलाई नेता बनाउने नीति लिएको देखिंदैन । उनको हैसियत पनि धर्मराउदो छ । आफताब आलमको हैसियत पनि नेताको भइसकेको भन्न गाह्रै छ । रिजवान अन्सारी एउटा लक्ष्य लिएर एमाले छाडी अशोक राईहरूसँग लागेका थिए तर उनलाई पनि त्यहाँ पचाउन नसकेको नै देखियो । यसरी नेपाली राजनीतिमा डा. मोहस्सीनपछि मुस्लिम नेताको खाँचो सदा रही रह्यो । पार्टीहरूले मुसलमानलाई भोट बैंक नै बनाए ।

के मुस्लिम समुदायमा क्षमतावान व्यक्तित्व छँदै छैन ?

वर्तमान नेपाली राजनीतिमा केही क्षमतावान मुसलमान देखा परेका छन् । तर, ती पार्टीहरूले उनीहरूलाई त्यो हैसियतमा ल्याउने वा नल्याउने कुरामा त्यो निर्भर गर्दछ । नेपाली काँग्रेसभित्र फर्मुल्ला मन्सुर, अनुशासनको कारवाही भोगिरहेका अतहर कमाल मुसलमानमा राजनीतिक सुझबुझ, नेतृत्व क्षमता र दुरदृष्टि देखिन्छ । त्यस्तै एमालेभित्र नजीर मियाँमा राजनीतिक समझ देखिन्छ भने एमाओवादी सभासद् मोहम्मद जाकिर हुसैनमा भिजन, संगठन, राजनीतिक चेतना, शिक्षा, सुझबूझ, नेतृत्व क्षमता, दुरदृष्टि र धैर्यता देखिन्छ । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको नामले यिनले नेपालभरिका मुसलमानलाई राजनीतिक रूपमा एक ठाउँमा ल्याउन सकेका छन्, नेतृत्व गरेका छन् । एमाओवादीकै अतहर हुसेन फारुकीमा नेतृत्व क्षमता, विश्लेषणात्मक दक्षता देखिन्छ । संघीय समाजवादी फोरमका रिजवान अन्सारीको राष्ट्रिय राजनीतिमा पनि भूमिका देखिएको छ । उनमा पनि नेता बन्ने क्षमता बिद्यमान छ । प्रष्ट वक्ता र संगठक हुन् यिनी । तर, उनको आवेशात्मक निर्णयहरूलाई नकारात्मक रूपमा लिइएको देखिन्छ । संघीय समाजवादी फोरमकै इश्तियाक राईमा पनि नेता बन्ने क्षमता देखिन्छ ।

थिंक ट्याँक : सामुदायिक राजनीतिमा थिंक ट्याँकको अपरिहार्य आवश्यकता हुने गर्दछ । नेपालमा लेफ्टिष्ट र राइटिष्ट राजनीति गर्नेहरुका लागि राजनीतिक विज्ञ, विश्लेषक र टिप्पणीकारहरुको खाँचो छैन । काँग्रेस, एमाले र पछिल्लो समय माओवादी खेमाका सयौं राजनीतिक विश्लेषक र कानूनविद्हरू देखा परे । २०६२÷०६३ पछि मधेशको आन्दोलन शुरु हुँदा मधेश राजनीतिको विश्लेषकको रूपमा सीके लाल, दीपेन्द्र झा, तुला नारायण साह, लक्षमणलाल कर्ण, चन्द्रकिशोर,डा.राजेश अहिराज,जस्ता कैयौं राजनीतिक विश्लेषकहरू देखा परे । मुस्लिम समुदायमा यस्तो विश्लेषकको ठूलो खाँचो छ । मोहम्मद जाकिर हुसैन, मोहना अन्सारी र रहमतुल्लाह मियाँ हालसम्म यो भूमिकामा देखिएका छन् ।

अब प्रश्न उठ्छ, जुन समुदायसँग राष्ट्रिय स्तरको नेता छैन, जुन समुदायसँग नीति निर्माण तहको व्यक्तित्व छैन र जुन समुदायसँग थिंक ट्याँक छैन, त्यो समुदायका अधिकारहरू संविधानमा सवै लेखिन्छन् भन्ने आशा कसरी गर्न सक्नुहुन्छ ? त्यो समुदायको बारेमा अन्य नेताहरूले योजना बनाउला भन्ने आशा कसरी गर्न सकिन्छ ? त्यो समुदायको उत्थान र विकास होला भन्ने कसरी भन्न सकिन्छ ? मुस्लिम समुदायमा राजनीतिक विश्लेषक, विज्ञहरु पैदा गर्नु आवश्यक छ । र, समुदायमा नेतृत्व विकासको क्षेत्रमा काम गर्नु अपरिहार्य भइसकेको छ ।

2 COMMENTS

  1. Mslim haru ma raj neta bannay chhamta na vako hoina. Muslim haru awser na payra ho agadi na dekhiyko ho. Nepali shasak haru le muslim haru lai tesro derja ka nagrik ko rup ma line gerd6n. Charam sima ko bhed bhaw tath bibhedkari niti le garda muslim haru pachhadi pare ka 6n.

  2. hamro muslim samudaeema neta xaina vane tyo kura hoena. neta afai bandaina neta jantale banau6 bhot halne samaima paisako pralovanma afno samudaee laee bhuli hal6,afno jati afno aukat,afno daira sabai birsi hal6 r gair muslimlaee vot hal6 yaso garda muslim neta pachhadipar6 r bilin vaihal6 tesaile neta chahiyo bhane muslim samudaeema janchetna,jagruk ra yekta hunu jaruri6 neta hune value ko barema samajh hunu par6 ani afai neta jhalkina thal6 sansarko sabai bhanda lovi, murkh muslimko bas nepalma6 kina vane yasle afnai samudaee laee sosan pani gar6.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.