१४ भदौ, काठमाडौं । नेपाली चलचित्र ‘टिनएज’को ट्रेरल सार्वजनिक गरिएको छ ।
यस चलचित्रको निर्देशक दिनेश पाख्रिनले गर्नुभएको छ भने स्व. वसन्तजंग रायमाझिको कथा, सुमन उप्रेतीको कथा समेटिएको यस चलचित्रका लागि डा. कृष्णहरि बराल, हरि उप्रति र सबिना केसीको गीतमा विकास चौधरी र वसन्त सापकोटाले संगीत भरेका छन् ।
त्यस्तै, गीतमा दीक्षा पाख्रिन, लिगेश भट्टराई, सोम लामा, जनक कार्की र दीपक सिंहको कोरियोग्राफी रहेको छ ।
चलचित्र निर्देशक पाख्रिनले ‘टिनएज’का बारेमा दिनुभएको जानकारी अनुसार, किशोरावस्थामा हुने माया–प्रेम, रोमान्स र बदलाले निम्त्याउने दुःखद घटनालाई चलचित्रको माध्यमबाट उतारिएको बताउनुभएको छ । अहिलेको युवापुस्ताको सोचाइ र उनीहरुको जीवन शौलीलाई यस चलचित्रमा मुख्य विषयवस्तुमा समावेश गरीएको छ ।
साथै चलचित्रमा एन्जिला खड्गी, नरेशवीर सिंह, सरोज शाह, प्रतीक्षा खड्का सरिता राजोपाध्याय, निर्मल स्याङ्तान, रेशम फिलिली, माया मगर लगायतले अभिनय गरेका छन् । चलचित्रमा बिरु मगर, चिनियामा बाइबा, देविका खड्का र निर्मल स्याङ्तानको लगानी निर्माण गरिएको छ । चलचित्र ‘टिनएज’ असोज २७ गते काठमाडौंका हलहरुमा रिलिज हुँदैछ ।



