
हुलाकी न्यूज, काठमाडौं । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैरआवासीय मधेशी संघ (एनआरएमए)द्वारा सञ्चालित गुमराहा थारु डेटा साइन्स छात्रवृत्तिका लागि पाँच जना विद्यार्थी चयन भएका छन् ।
एनआरएमएको छात्रवृत्तिका लागि आएका निवेदनहरुबाट पहिलो ब्याचमा पाँच जना विद्यार्थी चयन भएको संयोजक सुजीत कुमार ठाकुरले जनाएका छन् ।
संयोजक ठाकुरका अनुसार सीट सीमित भएकोले धेरैजसो योग्य उम्मेदवार यसपटक छनौट हुन सकेन । तर, अर्को ब्याच अक्टुबर महिनाको १ तारिखमा मौका पाउने उनले जनाए ।
आदित्य मिश्र गा वि स पिगौना ९५, महोत्तरी २ साइन्स, चन्दन प्रसाद दास राजविराज ९५ , सप्तरी मास्टर्स, पंकज साह बिराटनगर १३, मोरंग बि इ, अजय मण्डल सतासीधाम ५ झापा बि इ र चन्दन शर्मा भेलही३ , सर्लाही बि इ छनौटमा परेका छन् ।



