बाजुरा, १४ भदौ । बाजुराको गौमुल गाउँपालिकाले आर्थिक वर्ष २०७४-७५ का लागि रु २१ करोड ७४ लाख १९ हजार सातसयको बजेट सार्वजनिक गरेको छ । 

गत आवको आयव्ययसमेत गाउँसभामा प्रस्तुत गरिएको थियो । गत आवको व्ययतर्फ रु तीन करोड २९ लाख ७२ हजार दुई सय र चालुतर्फ रु १८ करोड ३४ लाख ८९ हजार एकसय रकम विनियोजन गरेको गाउँपालिका प्रमुख हरिबहादुर रोकायाले बताउनुभएको छ ।

गाउँपालिका सभाबाट भौतिक पूर्वाधारमा रु पाँच करोड दुई लाख, आर्थिक विकासमा रु एक करोड ८३ लाख, सामाजिक विकास क्षेत्र रु एक करोड २२ लाख ४० हजार, वातावरण, विपद् जोखिम न्यूनीकरणमा रु १४ लाख, संस्थागत विकास तथा सेवा प्रवाहमा रु १५ लाख, वित्तीय व्यवस्थापन तथा सुशासनमा रु नौ लाख र चालुतर्फ रु दुई करोड २९ लाख पाँच हजार क्षेत्रगतरुपमा विनियोजन गरिएको रोकायाले पत्रकार सम्मेलनमार्फत जानाकरी दिनुभएको छ ।

रोकायाले दिएको जानकारीअनुसार गउँपालिकाको भवन निर्माणका लागि रु दुई करोड, चार वडा कार्यालयको भवन निर्माणका लागि रु ७० लाख, गाउँको आवधिक गुरुयोजना, सडक गुरुयोजनालगायतका गुरुयोजना निर्माणका लागि रु ४९ लाख, आफ्नै व्यवसाय आफैँ रोजगार कार्यक्रम अर्थात् युवा स्वरोजगार कार्यक्रमका लागि रु ९० लाख, खेलकुदमा रु छ लाख, सडक निर्माणमा रु एक करोड ४० लाख र विद्युत् आयोजनामा रु ३५ लाख विनियोजन गरिएको प्रमुख रोकायाले पत्रकार सम्मेलनमा बजेट प्रस्तुत गर्नुभएको थियो ।

यहाँ मंगलबार आयोजित पत्रकार सम्मेलनमा रोकायाले गाउँसभाबाट पारित सात निर्णयसमेत सार्वजनिक गर्नुभयो । सम्मेलनमा गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले प्रस्तुत गरेको आर्थिक ऐन, विधेयक र आर्थिक विनियोजन विधेयकसमेत पारित गरिएको छ । गाउँसभामा आएका विभिन्न संघसंस्थाका कार्यक्रम समेत सभामा समावेश गरिएको थियो ।

आव २०७४-७५ का लागि नीति तथा कार्यक्रमसमेत समावेश गरिएको उपाध्यक्ष सीता थापाले बताउनुभयो । उहाँले आर्थिक वर्षका लागि विषयगतरुपमा निर्णय गाउँसभाबाट पारित गरिएको बताउनुभयो ।

गाउँपालिकाको शैक्षिक सुधारका लागि विद्यालय समायोजन महिनाको अन्तिममा अनिवार्य सिकाइ मापन गरिने, स्वास्थ्यमा पहँुच पु¥याउन १५ श्ययाको अस्पताल व्यवस्था गर्ने, प्रत्येक वडामा एकीकृत स्वास्थ्य शिविर सञ्चालन गर्ने, पाँच वर्षभित्र खानेपानी व्यवस्थित गरी प्रत्येक जनताको घरमा खानेपानीको पहुँच पु¥याउने, गाउँपालिकामा सांस्कृतिक संग्रहालय स्थापना गर्र्ने, कृषिलाई आधुनिकीकरण गर्दै लैजाने, पर्यटन प्रवद्र्धनका लागि योजना तयार गर्ने नीतिगत निर्णय भएको थापाको भनाइ रहेको छ ।

गाउँसभामा ‘एक घर एक रोजगारको नीति’ लिइने बताइएको छ । नागरिकता र मार्कसिट धितो राखी युवालाई ऋण उपलब्ध गराउने पनि निर्णय भएको छ । गाउँसभामा सहकारी सडक तथा पुलको गुरुयोजना बनाई पाँच वर्षमा प्रत्येक वडामा मोटर बाटो निर्माण गरिने भएको छ । सडक निर्माण भएका ठाउँमा प्रत्येक एक किलोमिटरमा झोलुंगे पुल निर्माण गरिने भएको छ ।

सभाले ऊर्जा, सिँचाइ, लघु तथा साना जलविद्युत् आयोजना, सञ्चार, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह र वित्तीय व्यवस्थापन र सुशासनका नीतिगत निर्णय भएको पत्रकार सम्मेलनमार्फत गाउँपालिका प्रमुख हरिबहादुर रोकायले जानकारी गराउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.