nepalgnj-pradarshankari
आशिष गुप्ता, नेपालगञ्ज, १४ असोज । मधेशी मोर्चाको ६ दिनदेखिको नाकाबन्दीका कारण बाँकेमा पेट्रोलियम पदार्थको अभाव भएको छ । पेट्रोल, डिजेललगायतका इन्धनको अभाव भएपछि सर्वसाधारण नाका पारी रुपैडिहामा गएर पेट्रोल तथा डिजल लगायतका अन्य आवश्यकताका वस्तु खरिद गरिरहेका छन् । बाँकेमा दैनिक मोटरसाईकल प्रयोग गरी काम गर्ने कर्मचारीहरुलाई अहिले समस्या भएको छ । पेट्रोल पम्ममा ग्राहकले मागे अनुसार पेट्रोल, डिजललगायतका ईन्धन नपाउँदा बाँकेका सर्वसाधारण जमुनाहा सीमा पारि रुपैडिहामा गएर पेट्रोल लगायतका सरसामान खरिद गर्ने अवस्था सिर्जना भएको छ ।

मधेशी मोर्चाले ठुला मालवाहक गाडीलाई नेपाल भित्रिन दिएका छैनन् भने आम सर्वसाधारण र दुई पाँग्रे सवारी साधनलाईृ आवज जावत गर्न दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.