हुलाकी न्यूज, काठमाडौं । नेकपा एमालेको विरुद्धमा जनकपुरधाममा शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गरिरहेका राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुमाथि प्रहरीले लाठी प्रहार र दुर्व्यवहार गरेको भन्दै भर्त्सना गरेको छ ।

राजपा नेपालका अध्यक्षमण्डलीय संयोजक महन्थ ठाकुरले मंगलबार विज्ञप्ति जारी गरी भर्त्सना गरेका हुन् ।

‘संविधान संशोधन र मधेश मुद्दाको सम्बोधनको हरेक प्रयासविरुद्ध नेकपा एमालेको अवरोधबाट आक्रोशित जनसमुदाय र राजपा नेपालका कार्यकर्ताहरुबाट जनकपुरको पिडारीचौकमा भइरहेका शान्तिपूर्ण प्रदर्शनमा प्रहरीबाट तीन पटक लाठी प्रहार र एमालेका कार्यकर्ताद्वारा छथ माथिबाट ढुंगा प्रहार गरिएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

राजपा नेपालका केन्द्रीय प्रवक्ता लालकिशोर साह, केन्द्रीय सदस्य तथा धनुषा जिल्ला अध्यष परमेश्वर साह, विन्दु ठाकुर, सरिता चौधरी, विभा पाण्डे, अमर पंजियार, रिता झा, ज्ञानेन्द्र झा ज्ञानुसहित ४७ जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ ।

विभा ठाकुरसँग प्रहरीले दुर्व्यवहार गरेको, लुगा च्यातेको र असभ्य व्यवहार गरेको भन्दै भर्त्सना गरेको छ । यस्तो व्यवहारले निर्वाचनको वातावरण विथोल्न सक्नेतिर सरकारको ध्यानाकर्षण गराउँदै यस्ता दमनका काम कारबाही बन्द गर्न राजपा नेपालले माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.