बलीउड बक्स अफिसमा यतिखेर साउथका सुपरस्टार अजीक कुमारको तामिल फिल्म’ विवेगम’ को कमाइ राम्रो भइरहेको छ।
चेन्नाई बक्स अफिसमा ‘विवेगम’ले पहिलो हप्तामै नयाँ रेकर्ड कायम गरेको भारतिय सञ्चार माध्यमले जनाएका छन्। ‘विवेगम’ले शनिवार सम्ममा ६७.९२करोड कमाइ सकेको छ। यो कमाइ सगैँ चेन्नाइमा ‘विवेगम’ वर्षको सबैभन्दा बढी कमाउने चलचित्र बनेको छ। पहिलो हप्तामा नै चलचित्रले ५.७५ करोड कमाइ गरेको थियो।
‘विवेगम’ले बल्कबस्टर चलचीत्र बहुबली २ को रेकर्ड समेत तोडेको छ। बहुबली २ ले चेन्नाइमा ३ दिनमा ३.२४ करोड कमाउदा विवेगमले सोही समयमा ४.२८ करोड कमाइ गरेको छ।



