बनियानी (झापा), १३ भदौ । नेकपा (एमाले) का दुई जनवर्गीय संगठनले बाढीपीडितका लागि रु दुई लाख दुई हजार १११ हस्तान्तरण गरेका छन् । 

बाढीपीडितका लागि नेपाल उत्पीडित जातीय मुक्ति समाज र जनसांस्कृतिक महासंघले उक्त रकम उपलब्ध गराएको एमाले झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिनुभयो ।

एमाले, झापामार्फत राहत वितरणका लागि नगद हस्तान्तरण गरिएको जनसांस्कृतिक महासंघका महासचिव प्रेमनाथ अधिकारीले बताउनुभयो ।

एमाले केन्द्रीय कमिटीले दुई संगठनलाई झापामा राहत वितरणका लागि जिम्मेवारी दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.