हुलाकी न्युज, सुनसरी । हरेक वर्ष झै यस वर्ष पनि वर्षायामको समयमा पुर्वी तराईमा सर्पदशंको उपचार हुने स्वास्थ्य संस्थाहरुमा सर्पदशंका विरामीहरुको चाप उल्लेखिय रहेको छ । वर्षायाममा जमिनमुनी वस्ने सर्पको वासस्थानमा पानी जम्ने भएको कारण सर्प बाहीर आउने भएका कारण अन्य समयको तुलनामा वर्षायाममा सर्पदशंका विरामीहरुको संख्या वढी हुने गरेको हो ।साउनको अन्तिम साताको वाढिपछि सुनसरीमा सर्पदशंका विरामीहरुको संख्या उल्लेखिय रुपमा बढेको स्वास्थ्य केन्द्रहरुको तथ्याँकले देखाएको छ । सुनसरी जिल्ला अस्पताल इनरुवामा साउन २७ गते देखि भाद्र ११ गते सम्म २७ जना सर्पदशंको उपचारका लागि आएको जानकारी दिएको छ । त्यसै गरी सामुदायिक सर्पदसं उपचार केन्द्र इटहरीमा साउन महिनामा २ सय ३७ जना र भदौ ११ गते सम्म ७७ जना पुगेका र सर्पदसंको उपचारका लागि आएकोमा २४ जनालाई विसालु सर्पले टोकेको पाइएको केन्द्रका उपाध्यक्ष राजु थापाले जानकारी दिए ।
पछिल्लो समयमा पुर्वी तराईका मानिसहरु सर्पदंश उपचारका लागि सामुदायिक सर्पदंस उपचार केन्द्र इटहरीमा उल्लेखिय रुपमा आउने गरेको केन्द्रका अध्यक्ष दिवश पोख्रेलले बताए । नेपाली सेनाको प्राविधीक सहयोग रहेको केन्द्रमा राम्रो उपचार हुने भन्दै पुर्व नेपालका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारत सम्मका विरामीहरु आउने गरेको वताइएको छ ।
केन्द्रमा कहिले पनि एन्टी स्नेक भेनमको अभाव नहुने भएको कारण समेत विरामीहरुको चाप हुने गरेको अध्यक्ष पोख्रेलले जानकारी दिए । उनले बाढि आएपछि संर्पदसंका विरामीहरुको संख्या बढ्ने भएकाले एन्टि स्नेक भेनम माग गरे वमोजिम आएकाले समस्या नरहेको वताए । जिल्लामा उत्तर क्षेत्रको तुलनामा दक्षिणी क्षेत्रमा सर्पदंस बढी हुने गरेको पाइएको समेत स्वास्थ्य प्रमुख गौतमले जानकारी दिए ।



