कैलाली, धनगढीमा झण्डै रु दुई करोडको लगानीमा अत्याधुनिक सेवा सुविधासहितको धनगढी नेत्रालय ९आँखा अस्पताल० शनिबारदेखि सञ्चालनमा आएको छ ।

पच्चीस श्ययाबाट सुरुआत गरिएको उक्त अस्पतालमा मोतीविन्दु, जलविन्दु, मासु बढेकोलगायत आँखासम्बन्धी सम्पूर्ण रोगको उपचार तथा शल्यक्रिया गरिने सो अस्पतालका प्रबन्ध निर्देशक गजेन्द्रबहादुर चन्दले जानकारी दिए। गेटा आँखा अस्पतालका पूर्वनिर्देशक विद्या पन्त, धर्मानन्द अवस्थी र गजेन्द्रबहादुर चन्दको संयुक्त लगानीमा आँखा अस्पताल सञ्चालन गरिएको जनाइएको छ ।

पूर्वनिर्देशक पन्तका ९८ वर्षीय बुबा चूडामणिको आँखा परीक्षण गरेर अस्पतालले सेवा प्रारम्भ गरेको हो । उद्घाटनको दिन १० आँखा रोगीको निःशुल्क उपचार गरिएको अस्पतालले जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.