साफ यू–१५ फुटबल प्रतियोगिताको फाइनलमा खेल सुरू भएको छ। उपाधिका लागि नेपाल र भारत बीच एन्फा कम्प्लेक्स सातदोबाटोमा अहिले प्रतिस्पर्धा गरिरहेका छन्।

सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४–२ र भारतले भुटानलाई ३–० को गोल अन्तरले पराजित गर्दै फाइनल भेट पक्का गरेका हुन्।

नेपाल र भारत प्रतियोगिताको समूह ‘बी’ मा रहेका थिए। समूहचरणमा नेपाललाई पराजित गर्दै भारत समूह विजेता बनेर दोस्रो चरणमा प्रवेश गरेको थियो।

समूह चरणमा ब्यहोरेको हारको बदला लिँदै उपाधि उचाल्ने दाउमा नेपाली टोली छ। प्रशिक्षक सुनील कुमार श्रेष्ठ भन्छन्, ‘च्याम्पियन्ससिपको प्रत्येक खेलमा नेपालको प्रदर्शन अब्बल हुँदै आएको छ, सोहीकारण भारतलाई पराजित गर्दै उपाधि उचाल्ने कसरतमा हामी हुनेछौँ।’

समूहको अन्तिम खेलमा नेपाल भारतसँग २–१ गोलअन्तरले पराजित भएको थियो। त्यसअघि पहिलो खेलमा माल्दिभ्सको पोष्टमा नेपालले ६ गोल गर्दा आफ्नो पोष्टमा एक गोल पनि गर्न दिएको थिएन।

बंगलादेश विरुद्ध प्रतिस्पर्धा हुने अनुमान गरिएको सेमिफाइनलमा पनि ४–२ को नतिजाले खेल आफ्नो पक्षमा पारेपछि नेपाल उपाधि उचाल्नेमा अझ विश्वस्त भएको हो।

समूह चरणमा समेत भारतसँग पराजित हुनुपरेपछि नेपाललाई मनोवैज्ञानिक दबाब रहने देखिन्छ। तर प्रशिक्षक श्रेष्ठ भारतसँगको हारलाई टोलीले दबाबको रुपमा लिनुको सट्टा कमजोरीहरु सुधार्ने मौकाको रुपमा लिएको बताउँछन्।

दक्षिण एसियाली फुटबल महासंघ ९साफ० को आयोजना र अखिल नेपाल फुटबल संघ ९एन्फा०को व्यवस्थापनमा भइरहेको प्रतियोगितामा दक्षिण एसियाका नेपाल, भारत, माल्दिभ्स, बंगलादेश, श्रीलंका र भुटानले खेलेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.