भक्तपुर, ११ भदौ । चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७४-७५ का लागि रु ५९ करोड २९ लाख ६० हजार ९६४ को आय–व्यय विवरण सार्वजनिक गरेको छ ।

नगर प्रमुख सोम मिश्रले नगरपालिकाको कूल बजेटमा आन्तरिक आयतर्फ करबापत रु ९२ लाख ८५ हजार, सेवा शुल्कबापत रु एक करोड ५२ लाख ५० हजार, विभिन्न दस्तुरबाट रु दुई करोड ४० लाख, बिक्रीबाट रु १५ लाख, अन्य आयबाट रु ३५ लाख गरी आन्तरिक आयतर्फ कूल रु चार करोड २८ लाख ५८ हजार २५५ आम्दानी गर्ने लक्ष्य लिएको बताउनुभयो ।

त्यसैगरी बाह्य स्रोततर्फ रु ४२ करोड ७७ लाख ३१, सामाजिक सुरक्षा भत्तातर्फ रु नौ करोड र अन्यतर्फ रु दुई करोड १६ लाख ९४ हजार ९६४ गरी रु ५९ करोड २९ लाख ६० हजार ९६४ खर्च हुने उहाँले जानकारी दिनुभयो

नगरपालिकाले खर्चतर्फ कार्यालय खर्च रु ६ करोड १२ लाख ४५ हजार, सामाजिक सुरक्षा भत्तातर्फ रु नौ लाख, कूल चालु खर्चतर्फ रु १५ करोड १२ लाख ४५ हजार र कूल पुँजीगत खर्चतर्फ रु ४४ करोड १७ लाख १५ हजार ९६४ गरी कूल रु ५९ करोड २९ लाख ६० हजार ९६४ खर्च हुने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.