हुलाकी न्यूज, जनकपुरधाम १३ आश्विन । नेपाल सदभावना पार्टीसहितको संघीय मधेशी मोर्चाले आन्दोलनका कार्यक्रमहरु थप शसक्त बनाउने भएको छ । साथै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग सहकार्यका लागि पनि छलफल भइरहेको केन्द्रीय सदस्य राजिव झाले हुलाकी न्यूजलाई बताएका छन् । झाका अनुसार संघीय मधेशी मोर्चा र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका वार्ता टोलीबीच काठमाडौंमा छलफल हुँदै आएको छ ।

हाल संघीय मधेशी मोर्चाले सिमा क्षेत्रका विभिन्न नाकाहरु ठप्प पारेको छ । विगत ६ दिनदेखि नाकाहरुमा २४ घण्टे धर्ना दिइएर नाका ठप्प पारेको सदभावनाका केन्द्री सदस्य झाले बताए ।

झाका अनुसार नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झा र सभासद डिम्पल झाले आफ्नो नेतृत्वमा गौर नाका ठप्प पारेका छन् । त्यस्तै केन्द्रीय सदस्य राजीव झा र सुनिल रोहितको नेतृत्वमा महोत्तरीको भिटठामोड नाका ठप्प पारिएको छ । त्यहाँ नेताहरु नेताहरु उदय झा, अवधेश साह, गोविन्द पाण्डे छन् ।

धनुषाको जटही नाकाको जिम्मेबारी धनुषा अध्यक्ष रमन सिंह र प्रदिप चौधरीले गर्दैछन्, दुहवीमा संजिव झा, रामपुकार सहनी र महिनाथपुर नाकालाई धीरेन्द्र राय, प्रमोद सहनीले सम्हालेका छन् । त्यस्तै खजुरीबोर्डरको नाकावन्दी विमल देव विराजी र विष्णुवावु सिंहले गर्दै आएका छन् भने इनरवाको नाकावन्दी मोहन महतोले सम्हालेका छन् । भररीयाको जिम्मेबारी इन्द्रजीत सिंहले लिएका छन् ।

त्यस्तै महोत्तरीको अन्य नाकाहरुमा मटिहानी नाकाको जिम्मेबारी विपिन चौधरी र इन्दल महतोले सम्हालेका छन् भने सम्सीमा राम कृपाल साह, व्रमहदेव ठाकुरको नेतृत्वमा नाकावन्दी गरिदै आएको छ । कटैयामा गुडु झाको नेतृत्वमा नाकावन्दी गरिदै आएको छ ।

त्यस्तै सिरहा नाकामा अनिल सिंह र सप्तरी नाकामा सुरेश सिंह र रामबाबु यादवले संघीय मोर्चाको नेतृत्व गरेका छन् । सुनसरी जिवछ विद्रोहि, झापा नविन चौधरी र मोरगंको जिम्मेबारी युदवंश साह र सुरेस सिंहले सम्हाल्दै आएका छन् ।

Fedral-madheshi-morcha-protest
महोत्तरीको भिठ्ठामोड नाकामा संघीय मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.