हुलाकी न्यूज, रौतहट । पहल नेपालको आयोजनामा पहल नेपालका संयोजक सरोज रायले रौतहटको गौर न.पा. सँग टासिएको भारतीय सिमामा अत्याधिक पीडामा रहेका बाढीपीडीतहरूलाई राहत बाडेका छन् । राहत वितरण कार्यक्रममा ANT-Australia, ANTA (USA), Madheshi Community in Victoria (MCV), Austin Madheshi Samaj (USA) निकायहरुका तर्फबाट सहयोग रहेको थियो ।

सदैव समाज सेवामा तयार रहने रायले बताए, ‘आफु लक्ष्मीपूरस्थित बेलबचवामा रहेका बाढीपीडितहरुलाई राहत बाड्न भनि तथ्याँक संकलन गर्न गएको थिए । त्यहाँ पुग्दा देखे गाउँ नजिक टासिएको सिमाना पारीको गाउँ पनि डुबानमा परेको रहेछ ।’

उनले भने, ‘यस गाउँसँगै भारतीय सिमामा बाँध बाँधिएको थियो । जसको केहि भाग अस्ति आएको बाढीमा भत्कियो । यदि यो बाँध नभत्किएको भए उक्त क्षेत्रमा नेपाली भूमीमा रहेका गाउँ तवाह नै हुने थियो । पानीको वेगले बाँध आफै भत्कियो र ठुलो क्षति हुन बाट जोगीयो । तर पारी पट्टीको गाउँ पूर्णरूपले क्षति भएको रहेछ ।’

उक्त क्षेत्रतिरका सयौँ भारतीय यहि बाँधमा शरण लिएका रहेछन् । उनले भने, ‘मेरो मनमा लाग्यो सहयोग त सहयोग हो चाँहे जाँहा, जसलाई पनि गरुँ । उताका मानिसहरुका ज्यान पनि उतिकै महत्व छ त्यसैले मैले दायाँ बायाँ सोचेर समय खर्चिन र सिमाना पारी आपतमा रहेका बाढीपीडितका तथ्याँक पनि संकलन गरे । सोही तथ्याँक अनुसार करिब ६४ जना भारतीय बाढीपीडीतलाई राहत वितरण गर्यौ ।’

बाढीपीडितको अनुरोधमा उता चाहिने खद्यान्न सामग्री चामल १० के.जी, आलु ५ के.जी, दाल १ के.जी, नुन १ के.जी, तेल ५०० ग्राम बाड्यौँ । राहत वितरण अभियानमा विशेष भोलेन्टियर सहयोगका लागि तराई मधेश राष्ट्रिय परिषदको तर्फबाट राज सिंघानिया, स्थानिय पत्रकार अभिमन्यु पटेल, स्थानिय समाजसेवी शसि यादव, ननक साह र स्थानिय समाजको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.