हुलाकी न्युज, बिरगंज | बिरगंज महानगरपालिकाको मेयरका टिकटको विषयमा विवाद हुँदा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताबीच शुक्रबार झडप (कुटाकुट) भएको छ ।निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरेको दोस्रो दिन वस्रगन्जमा मेयरको उम्मेदबारको विषयमा विवाद हुँदा राजपा कार्यकर्ताबीच झडप भएको छ ।
 
महानगरपालिकाको मेयर उम्मेदवार छनौटको लागि केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा शुक्रबार स्थानीय कुमु प्यालेस होटलमा राजपाको वैठक बस्ने कार्यक्रम तय भएको थियो । मेयर पदका आकांक्षी नेता विमल श्रिवास्तव र राजेशमान सिंहका समर्थक कार्यकर्ताबीच बैठक शुरु नहुँदै झडप भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.