madheshi-korea-samaj
हुलाकी न्यूज, काठमाडौं, १३ असोज । मधेशी कोरिया समाजले जारी मधेश आन्दोलनमा समर्थन जनाएको छ । समाजको वार्षिक साधारणसभाले संविधान मधेश विरोधी रहेको ठहर गर्दै संविधानको विरोध गरेको छ ।

संविधानको विरोध स्वरुप समाजका सदस्यहरुले संविधानको प्रतिलिपि जलाएका छन् । मधेशी कोरिया समाजले मधेश आन्दोलनमा राज्यले गरेको बर्बर दमनको निन्दा गर्दै मधेश आन्दोलनमा सहिद भएकाहरुलाई श्रद्धाञ्जली दिएको छ ।

मधेशी कोरिया समाजका अध्यक्ष विक्रम साह र सल्लाहकार डा. धनेश्वर मिश्राको नेतृत्वमा संविधानको विरोध गर्दै संविधान जलाइएको समाजले जनाएको छ । कार्यक्रममा समाजका उपाध्यक्ष मुकुन्द प्रसाद कर्ण, नरेश प्रसाद साह, दिनेश महतो, उमाशंकर मिश्रालगायत तीस जना सदस्यहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.