जनकपुर – भारतको विभिन्न स्थानमा अदृश्य शक्तिले कपाल काटेको हल्ला चलिरहेका बेला धनुषामा पनि चार जना बालिका र महिलाको कपाल काटिएको छ। धनुषाको विदेह नगरपालिका वडा नं। १० बस्ने १५ वर्र्षीय माला कुमारी मण्डल, सोही नगरपालिका वडा नं। ९ का सुस्मिता पासमान, जनकपुरकै उप–महानगरपालिका रामपुरमा एक र थप एक जना महिलाको कपाल काटिएको घटना आएको प्रहरीले जानकारी दियो। कसले कपाल काट्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कसले काट्यो कपाल रु प्रहरीका अनुसार कपाल काटिएको थाहा पाएपछि बालिकाहरु चिच्याएका थिए। त्यसपछि छरछिमेकका स्थानीयहरु जम्मा भए। अदृश्य रुपमा भएको यस्तो घटनाले सबैलाई आश्चर्यचकित र आतंकित बनाएकोस्थानीय कमलेश मण्डलले बताए। घटनास्थल पुगेका ईटहर्वा प्रहरी चौकीका प्रहरीहरुले कपाल काटेको घटना सत्य भए पनि अदृश्य रुपमा यस्तो घटना भएकाले केही गर्न नसकेको बताए। घटनास्थलबाट कुनै त्यस्तो आधार फेला नपरेको भए पनि घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए। अहिले भारतको विभिन्न स्थानमा महिलाहरुको कपाल काट्ने ९चोटीकटुवा०को हल्ला फैलिरहेको छ। नेपालमा तथ्यगत यस्तो घटना भएपछि सर्वसाधारणले भारतबाट कपाल काट्ने ९चोटी कटुवा० नेपाल पसेको शंका गर्न थालेका छन्। यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक लालमणि आचार्यले हालसम्म कपाल काटिएको भेटिए पनि कसले, किन र केका लागि काटेको भन्ने विषय अनुसन्धानकै क्रममा रहेको बताए। मानिसहरुले कुनै किराले कपाल काटेको हुन सक्ने अनुमान समेत गर्न थालेका छन्। कपालको अवस्था हेर्दा आगो पोलेर ा एसिड छर्किएर काटिएको जस्तो देखिने गरेको छ । जनकपुरका एक चिकित्सकका अनुसार कतिपय विशालु किराहरुले आफ्नो मुत्र विर्सजन गर्दा उनीहरुले निकालेको विषालु पदार्थले पनि कपाल काटिने वा जीउ डढ्ने समस्या हुने गरेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.