
हुलाकी न्यूज, काठमाडौं, १३ असोज । राजस्थानमा मधेशी विद्यार्थीहरुले मधेश आन्दोलनको समर्थनमा प्रदर्शन गरेका छन् । अजमेरको भगवती युनिभर्सिटीका मधेशी विद्यार्थीहरुले अजमेरमा प्रदर्शन गरेका हुन् ।
विगत ४६ दिनदेखिको प्रदर्शन र सरकारको दमनको विरोधमा उनीहरुले प्रत्येक दिन राजस्थानको अजमेरमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले मधेशीहरुको माग सम्बोधन गर्न, मधेशीमाथि दमन बन्द गर्न, मधेशमा नरसंहार बन्द गर्न माग गरेका छन् ।



