
हुलाकी न्यूज, काठमाडौं । गाउँपालिकाको मांग गर्दै विगत सात महिनादेखि आन्दोलित रघुनाथपुरवासीले काठमाडौंमा समेत प्रदर्शन गरेका छन् ।
अन्तिम समयमा थप गरिएका स्थानीत तहमासमेत रघुनाथपुर गाउँपालिका अटाउन नसकेपछि गाँउबाट काठमामाण्डौ आएर उनीहरुले प्रदर्शन गरेका छन् ।
उपत्यकामा समेत बस्दै आएका गाँउवासीहरु मंगलवार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । उनीहरु बुधवारदेखि भद्रकालीमा अनिश्चतकालिन धर्ना समेत दिदैछन् ।
पटक पटक काठमाडौं आएर मन्त्रालय र विभिन्न पार्टीका शिर्ष नेताहरुलाई जानकारी गराउँदासमेत आफुहरुको मांग सुनुवाई नगरेको भन्दै उनीहरु काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन ।
सरकारले सुनवाई नगरे अगामी कुनै पनि निर्वाचनमा मत नहाल्ने काठमाण्डौं पुगेका मुख्य तीन दल र मधेशी दलका नेताहरुले बताएका छन् ।
१४ हजार जनसंख्या र भौगोलिक सांस्कृतिक हिसाबलेसमेत धनुषाको तेस्रो ठुलो गाँउ रहेको रघुनाथपुरलाई अर्को सानो गाँउमा गाभिएपछि गाँउवासीहरु आन्दोलित बनेका हुन् ।



