
‘बाहुबलीनेर खुशी हुने भन्दा आलोचना गर्ने अहिले धेरै छन् ।
अब यो फिल्मको स्टार(कास्टसँग जोडिएको अर्को एक नाम बाहिर आएको छ । त्यो नाम हो ज्याकी श्राफ । ज्याकी श्राफले यो फिल्ममा भिलेनको भूमिका निर्वाहा गर्ने भएका छन् । सुत्रको खबरलाई आधार मान्ने हो भने ज्याकीका अलावा चंकी पाण्डे र नील नितिन मुकेशले पनि फिल्ममा भिलेनको भूमिका निर्वाहा गर्दैछन् । यसको मतलब फिल्म ‘साहो’ मा बलीउडका तीन कलाकारले भिलेनको भूमिका निर्वाहा गर्नेछन् ।
योभन्दा पहिला ज्याकी राम गोपाल वर्माको ुसरकार(३ु मा निगेटिभ रोलमा देखिएका थिए । रोमान्चक कुरो त के छ भने यी तीन कलाकारलाई अभिनेता प्रभास आफैले फाइनल गरेका हुन् । यो फिल्म प्रभासको होम प्रोडक्शनबाट निर्माण हुँदैछ । ‘साहो’को कूल बजेट डेढ सय करोडको आसपास रहेको छ । ुसाहोु एक साइन्स फिक्शन एक्शन थ्रिलर फिल्म हुनेछ । ुसाहोु फिल्मका डाइरेक्टर सुजीत हुन् ।



