
हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पदाधिकारी बैठकमा निर्वाचनमा सहभागी हुने बारे छलफल सुरु भएको छ । मंगलबारबाट सुरु भएको पदाधिकारी बैठकमा निर्वाचनमा सहभागी हुने र चुनावी रणनीति कस्तो बनाउने विषयमा छलफल सुरु भएको महासचिव केशव झाले बताएका छन् ।
बैठकमा अधिकांश पदाधिकारीले निर्वाचनमा सहभागी हुनु पर्ने दबाब नेतृत्वलाई दिएको झाले बताए । तर कतिपयले निर्वाचनमा सहभागी नभई आन्दोलनको घोषणा गर्नु पर्ने दबाब पनि नेतृत्लाई दिएका छन् ।
संविधान संशोधन विधेयक संसदबाट अस्वीकृत राजपाको पदाधिकारी बैठक सुरु भएको हो ।
बैठकमा सहभागी ९६ जना पदाधिकारी मध्ये ५७ जनाले बोलेको राजपाका महासचिव राजिव झाले बताए । उनले चुनावको विरोधमा पनि मत बलियो रहेको जनाए ।
मंगलबारको बैठकको सुरुमा पार्टी संयोजक महन्थ ठाकुरले विषय प्रवेश गराउँदै संविधान संशोधन फेल बारे चर्चा गरेका थिए । ठाकुरले संशोधन फेल गराउनमा कांग्रेसको पनि हात रहेको आरोप लगाउँदै ठाकुरले संशोधन विधेयक फेल भएपछि सहयोगी शक्ति र विराधी शक्ति पहिचान भएको बताए ।
बैठकमा संविधान संशोधन फेल भएपछि संसदबाट राजिनामा गर्नु पर्ने मागसमेत उठेको महासचिव झाले बताए ।
त्यस्तै, निर्वाचनमा जाने पक्ष बलियो देखेपछि अध्यक्ष मण्डलका सदस्य अनिल झाले पदाधिकारी बैठक बहिस्कार गरेका छन् ।



