हुलाकी न्युज, सुनसरी । नेपाली सेनाको पुर्वि पृतना मुख्यलय इटहरीले सुनसरीको सिमावर्ती क्षेत्र घुस्की वडा नम्बर छ र सातमा रहेका वाढिपिडीतहरुको लागी स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
 
नेपाली सेनाका पुर्वी पृतनापति उपरथी गौरव तण्डुलको आयोजनामा नेपाली सेनाको फिल्ड अस्पतालका चिकित्सक तथा अन्य प्राविधिकहरुले शिविर आयोजना गरेका हुन् ।
 
सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा घुस्की गाँउपालिका तथा आसपासका क्षेत्रका धेरै वाढि वाट विस्थापित सर्वसाधरणहरुको शिविरमा विषेश गरी साना साना वालवालिका, महिला, र वृद्ध वृद्धाहरु लगायतको स्वास्थ्य जाँच गरिएको छ ।
 
स्वास्थ्य जाँच सगै निसुल्क औषधी पनी वितरण गरीएको थियो । मुस्लीम समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा मुस्लीम महिला तथा बालवालीकाहरु वढी मात्रामा विरामी भएको र स्वास्थ्य सेवामा पहुच नभएको अवस्यामा नेपाली सेनाको स्वास्थ्य शिविरको कारण सो क्षेत्रमा ठुलो राहत पुगेको स्थानीयले बताए
 
विरामीहरुको उल्लेखिय उपस्थिती रहेको उक्त शिविरमा नेपाली सेनाका दक्ष स्वास्थ्य प्राविधिकहरुले उपचार गरेका थिए भने सेनाले निःशुल्क औषधि समेत प्रदान गरेका थिए ।पुर्वी तराईको विभिन्न जिल्लामा वाढीले प्रभावित भै विस्थापित भएका र प्रत्यक्ष प्रभावमा परेका व्याक्तिहरुका लागी नेपाली सेनाले यस अघि केहि दिन देखिनै स्वास्थ्य शिविरहरुको समेत आयोजना गरिरहेको छ ।
 
पुर्वी नेपालकोे विभिन्न स्थानमा स्वास्थ्य शिविरहरु आयोजना गर्ने क्रममा फिल्ड अस्पतालका प्रमुख सेनानी डा. सुमना थापाको सक्रियता रहेको थियो भने पुर्वी पृतना परिसरमै रहेको सवुज गण दलका गणपति प्रमुख सेनानी लक्ष्मीभक्त श्रेष्ठको संयोजनमा भएको थियो । यसअघी पनी नेपाली सेनाले इटहरी,भोक्रहा लगायतका स्थानमा स्वास्थ्य शिविर संचालन गरीसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.