हुलाकी न्युज, सिरहा । प्रहरीले पिकअप भ्यानमा लिएर जाँदै गरेको सुपारी बरामद गरेको छ ।जनकपुरवाट सिरहाका अंकित ट्रेडर्सको नाउँमा ल्याउदै गरेको १५ बोरा (९ क्वीन्टल) सुपारी बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बिष्णुपुरको टोलिले चेकजाँचको क्रममा ज १ च १२९९ नम्बरको पिकअप भ्यानमा सुपारी फेला परेको प्रहरी नायब निरीक्षक शिवनारायण यादवले बताए ।
भारत तस्करी गर्न सुपारीमगाएको भन्दै प्रहरीले थप अनुसंधानको लागि राजश्व अनुसंधान कार्यालय ईटहरी पिकअप भ्यान, भ्यान ड्राइभर सहित सुपारी पठाएको उनले बताए । बरामद गरिएको सुपारी स्थानीय बजार भाउ अनुसार करिब ६ लाख रुपैयाको रहेको छ । सिरहा भएर भारत तर्फ सुपारी तस्करी हुँदै आएपनि पछिल्लो समय यसमा गिरावट आएको थियो । तर फेरि सुपारी तस्करी हुन थालेको स्रोतको भनाई छ ।



