रमेश ठाकुर, रौतहट, १३ असोज । लामो समय देखि जारी रहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको मधेश बन्दका कारण रौतहटमा अत्यावश्यक औषधिहरुको अभाव भएको छ । आमहड्तालले गर्दा यातायातका साधनहरु नचलेपछि औषधिको अभाव भएको हो ।
मधेशी मोर्चाको तराई मधेशका जिल्लाहरुमा विगत ४६ दिन देखि जारि आमहड्तालका कारण रौतहटका जिल्ला सरकारी अस्पताल लगायत निजी औषधि पसलहरुमा अत्यावश्यक औषधीहरुको अभाव भएको हो । आमहडतालका कारण यातायातका साधनहरु बन्द भएकोले औषधिहरुको अभाव भएको जिल्ला सरकारी अस्पताल गौरले जनाएको छ ।
बिरामीहरुका लागि चाहिने अत्यावश्यक औषधि क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौडामा पर्याप्त मात्रामा रहेपनि यातायात बन्द भएको कारण सहज रुपमा आपुर्ति हुन नसकेको जिल्ला सरकारी अस्पताल गौरका ईमरजेन्सी ईन्चार्ज प्रविणकुमार झाले बताए । जीवन रक्षाका लागि चाहिने औषधिहरुको समेत अभाव भएको भन्दै चाँडो भन्दा चाँडो औषधिहरुको आपुर्ति तर्फ सम्बन्धित निकायको ध्यान पुग्न जरुरी रहेको उनले बताए ।
अस्पताल तथा निजी औषधी पसलहरुमा अत्यावश्यक औषधिहरुको अभाव भएको जानकारी पाउना साथ यसको सामाधानका लागि आफुहरुले मोर्चामा छलफल सुरु गरिसकेको र छिटो भन्दा छिटो औषधिको आपुर्ति गर्ने मोर्चामा आबद्ध तमलोपाका युवा नेता अनिल कुमार सिंहले बताए ।
मोर्चाले घोषणा गरेको अनिश्चितकालिन आमहड्तालले यातायात बन्दका कारण अहिले जिल्ला सरकारी अस्पताल तथा निजी औषधि पसलहरुमा विभिन्न किसीमका एन्टिबायोटिक, सिटामोल, मेट्रोनीडाजोल, जिंक चक्की, जिवनजललगायत जिवनउपयोगी खोपहरुको अभाव भएको छ ।





Saved as a favorite, I really like your blog!