हुलाकी न्यूज, राजविराज । सप्तरीको भारदहस्थित दलित एवं सुकुमबासी बस्तीमा मधेश मानव अधिकार (मधुर) अमेरिका र हुलाकी न्यूजले संयुक्त रुपमा राहत प्रदान गरेको छ ।

महुली नदीको बाढीबाट प्रभावित भएको दलित सुकुमबासी बस्तीमा ९ दिनसम्म कुनै राहत नपुगेपछि मधुर र हुलाकीले राहत प्रदान गरेको हो । कोशी परियोजनाको कोलोनी कब्जा गरेर बस्दै आएका दलितहरुको ६४ परिवारलाई राहत प्रदान गरिएको छ ।

हुलाकी न्यूज टिमको अनुगमन पछि अस्था दैनिय रहेका उक्त बस्तीका अधिकांश राम (चमार), खत्बे र मंडल परिवारलाई राहत प्रदान गरिएको छ । राहतमा प्रतिपरिवार १० किल्लो चामल, एक किल्लो दाल, पाँच किल्लो आलु र एक पोका नुन प्रदान गरिएको छ ।

उक्त ६४ परिवार मध्येक अधिकांश मजदुरी गर्छन् भने केहीले रिक्सा चलाएर गुजारा गर्छन् । उनीहरुको आफ्नो घर जग्गा नभएपछि कोशी परियोजनाको जिर्न अवस्थामा रहेको कोलोनीमा बस्दै आएका छन् ।

भारदह क्षेत्रमा विभिन्न संघ संस्थाले राहत वितरण गरेपनि राजनीतिक पहुँचका आधारमा राहत वितरण भएको बाढी पीडितहरुको गुनासो रहेको छ । सरकारी राहत आठ दिनसम्म वित्दा पनि त्यस बस्तीमा पुगेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.