हुलाकी न्यूज, गौर, १३ आश्विन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज आन्दोलनको समिक्षा गर्दै भावी रणनीति बनाउँदैछ ।
रौतहटको गौरमा १० बजेतिर सुरु हुने मोर्चाको बैठकमा सहभागी हुन चारै जना नेता पुगेका छन् ।

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले विहान हुलाकी न्यूजसँग कुराकानी गर्दै बैठकको एजेण्डाहरु तय नभएको तर हालसम्मको आन्दोलनको समिक्षा गरिने र भावी रणनीति बनाउने बताए ।

महतोका अनुसार हुलाकी राजमार्गमा भोली बनाइने मानव साङ्गलोका विषयमा विशेष तयारी हुनुका साथै आन्दोलनका थप कार्यक्रमहरुको बारे छलफल हुने जानकारी दिए ।

मोर्चाको बैठक पछि आजै दिउँसो गौरमा हुने आमसभालाई मोर्चाका नेताहरुले सम्बोधन गर्ने छ । उक्त सभामा मुस्लिम नेताहरुको पनि सहभागीता रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.