कपिल शर्मा पुनः एकपटक आफ्नो कार्यक्रमको सुटिङ रद्द भएकाले चर्चामा छन् । यसपटक उनले अमिताभ बच्चनसँगको सुटिङ रद्द गरे । वास्तवमा अमिताभ कपिलसँग केबीसी स्पेशल सूट गर्न चाहन्थे तर अन्तिम अवस्थामा कपिलको एपिसोडको सुटिङ रद्द गर्नुपर्यो ।

बिरामी भएर होइन, यसको अर्कै कारणः

रिपोर्टका अनुसार कपिलले उक्त श्रृङ्खलाको सुटिङ फेडरेशन अफ वेस्टर्न इंडिया सिने इम्प्लोइज  (FWICE) को हड्तालका कारण रद्द गरेका हुन् ।

वास्तवमा  (FWICE) ले निर्माता गिल्डलाई तलब बढाउन आग्रह गर्दै एउटा नोटिस दिइएको थियो । तलब नबढाए आफूहरु आन्दोलनमा उत्रने पनि उक्त नोटिसमा चेतावनी दिइएको थियो ।

जब माग पुरा भएन तब स्पटबोइदेखि मेकअप म्यान सबै आन्दोलनमा गए । बाध्यताबश, कपिलले अमिताभसँगको सुटिङ रद्द गर्नुपर्यो ।

रिपोर्टका अनुसार उक्त आन्दोलनका कारण ‘पद्मावती’, ‘परमाणु’ र आनन्द एल रायको शाहरुख खान स्टारर फिल्मको सुटिङ पनि प्रभावित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.