सलमान खानको फिल्म ट्यूबलाइट बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन, जसका कारण सलमानले डिस्ट्रिब्यूटर्सलाई घाटाको भरपाई गर्दै ३२ करोड रुपैयाँ दिए । अब यो शाहरुख खानको पालो आएको छ । फिल्म ुजब ह्यारी मेट सेजलु ले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न नसकेपछि केही डिस्ट्रिब्यूटर्सले शाहरुखसँग घाटाको पैसा फिर्ता गर्न आग्रह गरेका छन् ।

सुत्रका अनुसार, फिल्म डिस्ट्रिब्यूटर्सले शाहरुख खानलाई म्यासेज पठाएर सलमान खानको कदममा चल्न अनुरोध गरेका छन् । यो पहिलो पटक हो, शाहरुख खानसँग डिस्ट्रिब्यूटर्सले यस्तो माग गरेका छन् । यसभन्दा अगाडि पनि शाहरुखले आफ्नो फिल्म दिलवालेले राम्रो व्यापार गरेपनि डिस्ट्रिब्यूटर्सलाई घाटाको भरपाई गरेका थिए ।

जब ह्यारी मेट सेजलले भारतबाट प्रदर्शनको दुई हप्तामा ६० करोड र विदेशबाट पनि झण्डै ६० करोडको विजनेश गरेको छ । भारत र विदेश प्रदर्शन जोड्ने हो भने फिल्मले हालसम्म सय करोड ग्रस विजनेश गरिसकेको छ ।

ुरब ने बना दी जोड़ीु र ुजब तक है जानु पछि शाहरुख र अनुष्काको यो तेस्रो फिल्म हो । फिल्ममा शाहरुख ुहरिंदर सिंह नेहराु उर्फ ुह्यारीु र अनुष्का ुसेजल झावेरीु को भूमिकामा छन् । इम्तियाज अलीको निर्देशनमा बनेको फिल्म ुजब ह्यारी मेट सेजलु दुई अपरिचित ह्यारी र सेजलको कहानी हो ।

शाहरुखले एक पंजाबी टूर गाइडको भूमिका निर्वाहा गरेका छन्, जबकि अनुष्का एक गुजराती यूवतीको भूमिकामा देखिएकी छिन् । यो फिल्मको निर्माण शाहरुख खानको होम प्रोडक्शन कम्पनी रेड चिलीज इन्टरटेन्मेन्टले गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.