यस्तो आयो आजको सुनको भाउ
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य यथावत छ । आज सुन प्रतितोला ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मात्रै सुन तोलामा चार सय रुपैयाँले घटेर ५५ हजार रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला सात सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



