हुलाकी न्यूज, जनकपुरधाम १२ आश्विन । जनकपुरधामको गोपाल धर्मशालामा डा.बाबुराम भट्टराई भाषण गर्दै ‘नाकाबन्दी खोल्ना परेगा’ भनेपछि आक्रोसित युवाहरुले मञ्चमाथि आक्रमण गरेर धपाइ दिएका छन् ।

बाबुरामले नयाँ संविधान जलाउने प्रतिक्षामा बसेका युवाहरुले बाबुरामको भाषण समाप्त हुनै लाग्दा संविधान नजलाएपछि आक्रामण भएको हो ।

मञ्चमा अन्य नेताहरुलाई भाषण गर्न दिइएको थिएन । रामचन्द्र झा मञ्चमा उभिदा युवाहरुले दलाल भनेर हो हल्ला गरेका थिए ।
अन्य नेतालाई भाषण गर्न रोक लाउँदै बाबुरामलाई भाषण गर्न दिइएको थियो । नेपाली भाषाण गर्न खोज्दा उनलाई हिन्दी वा मैथिलीमा भाषण गर्न भनिएको थियो ।

बाबुरामले हिन्दीमा भाषण गरेका थिए । घटना स्थलमा रहेका एक जना युवाले भने,‘बाबुरामले मधेशीलाई अपाच्य हुने कुरा गरे, आन्दोलनमा घुसपैठ गर्न खोजे, त्यही भएर हामीले धपायौ । ’

यता मधेशी मोर्चाका नेताहरुले हुलाकी न्यूजलाई आक्रमण बारे भने, ‘बाबुरामले हामीलाई झुक्याए, उनका नेताहरुले पनि हामीलाई झुक्याए, पहिले थाहा भएको भए उसलाई एयर पोर्टबाटै जनकपुर छिर्न दिइने थिइएन ।’

साउण्ड सिस्टम पनि जलाइए

स्टेजमाथि आक्रमण हुन लाग्दा बाबुरामले भाषण रोकेर कडा सुरक्षाका बिच बाहिरिए । रामचन्द्र झामाथि हातपात भयो । रामचन्द्र झा धर्मशालामै लुकेको अर्का हुलाकी सहकर्मी पुरण साहले जनाएका छन् ।

घटना स्थलमा रहेका साहका अनुसार मुखमा कालो पट्टी बाँधेका युवाहरुको समूहले स्टेजसहित साउण्ड सिस्टम पनि जलाएका छन् ।

अहिले त्यस क्षेत्रको अवस्था तनावग्रस्त रहेको छ । बाबुरामलाई कडा सुरक्षाका बिच एयर पोर्ट तिर लगिएको साहले बताए ।

Baburam ko birodh
बाबुरामको विरोधमा बाटो छेकेर प्रदर्शन गरिरहेकाहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.