विराटनगर,समाजसेवी एवम् हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ आज ‘दिव्यराज दाहाल स्मृति सामाजिक पुरस्कार’बाट सम्मानित भएका छन्।

विराटनगरबाट प्रकाशन हुने ‘उद्घोष’ दैनिक पत्रिकाको १३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा उनलाई रु एक लाख एक हजार ११ सहित सम्मानपत्र दिइएको छ । सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले धुर्मुसलाई सम्मानित गर्दै उनले समाजसेवामा निर्वाह गरेका भूमिका सराहनीय रहेको बताए । उनले धुर्मुस–सुन्तली फाउन्डेशनलाई आफ्नातर्फबाट रु एक लाख प्रदान गर्ने घोषणा गरे । सोही अवसरमा उद्योगपति नवीन रिजालले पनि रु एक लाख सो संस्थामा प्रदान गर्ने घोषणा गरे।

सो अवसरमा कलाकार धुर्मुसले धर्तीमा जन्मिएपछि केही राम्रो काम गर्ने भावनाका साथ समाजसेवामा लागेको बताए । सोही कार्यक्रममा रु २५ हजार राशिको ‘राजेश्वर रेग्मी गजल पुरस्कार’ इलामका साहित्यकार विवश बलिभद्र कोइराला तथा समाजसेवामा सक्रिय युथ फर ब्लडलाई रु १० हजारसहित र उद्घोष दैनिकका पत्रकार हरि अधिकारीलाई रु पाँच हजारको पुरस्कार र प्रशंसापत्र दिइयो ।

धुर्मुसद्वारा राहत

कलाकार धुर्मुसले बाढीले बगाएर मृत्यु भएका विराटनगर–११ का अरलिया ऋषिदेव र बूढीगंगा–१ का उमेश नेपालको परिवारलाई रु २५÷२५ हजार राहतस्वरुप प्रदान गरेका थिए। सो रकम धुर्मुस–सुन्तली फाउन्डेशनबाट प्रदान गरिएको हो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.