हुलाकी न्यूज, जलेश्वर, १२ असोज । तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताले मधेशीको माग के हो थाहा नै छैन भन्ने सरकारले मधेशीका सबै माग संविधानमा सुनिश्चित भइसक्यो भन्न नसुहाउने बताएका छन् । महोत्तरी सदरमुकाम जलेश्वरमा भदौ २३ र २५ गते प्रहरीको गोली लागि मृत्यु भएकाहरुको स्मरणमा जलेश्वरको बुद्धिजिवी चौकमा आयोजित श्रद्धान्जलीसभामा गुप्ताले कुन कुन माग संविधानले सुनिश्चित गर्यो, त्यो मधेशमै आएर मधेशी जनतालाई बुझाउन नेताहरुलाई चुनौती दिएका छन् ।

गुप्ताले विगत ४४ दिन देखि मधेशमा भइरहेको आन्दोलन र सो मा निहत्था मधेशी जनताको विभत्स हत्या हुँदा आँखा बन्द गरेको सरकार २ दिन नाकाबन्दी हँुदा केही वर्ग विशेषलाइ खाद्यान्न र पेट्रोल पुगेन भन्दै दिल्ली धाएको देख्दा आफूलाई अचम्म नलागेको बताए ।

गुप्ताले नाकाबन्दी थप सात दिन मात्र जारी राख्ने हो भने काठमाडौंवासी र सरकारले ४४ दिनसम्म मधेशीले सहेको भोक र पीडा बुझ्ने र आन्दोलनले उद्देष्य प्राप्त गर्ने जिकिर गरे । उनले यो लडाईं आरपारको लडाईं भएको बताउँदै आन्दोलनमा आफ्नो ऐक्यबद्धता रहेको जनाए ।
गुप्ताले महोत्तरीको भिठामोड नाका पुगेर अवलोकन नाकाबन्दीको अवस्था अवलोकन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.