२ भदौ, वीरगञ्ज । पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोको कारण पर्सा जिल्लामा हालसम्म चार महिलासहित १२ जना प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

रोगबाट प्रभावित हुनेमा बारा प्रसौनीका २५ वर्षीया सलिमा खातुन, वीरगञ्जका २४ वर्षीया सुधा कुमारी, विरुवागुठी पकडियाका ३५ वर्षीया छटिया देवी र २१ वर्षीया पूजा कुमारी रहेका छन् भने पर्सा कटिबलुवाका १८ वषपर्य ज्ञानप्रकाश गुप्ता, सर्लाहीका २७ वर्षीय अर्नुज श्रेष्ठ, वीरगञ्जका ३५ वर्षीय रसिद आलम, ७२ वर्षीय कमल पटेल, २७ वर्षीय असलम, विराटनगरका १८ वर्षीय मन्सा साह, लालबन्दीका १५ वर्षीय अरुणकुमार साह र वीरगञ्ज नगवाका सात वर्षीय हरिनारायण चौधरी रहेका छन् ।

सो रोगबाट प्रभावितको नारायणी अञ्चल उपक्षेत्रीय अस्पताल, भवानी अस्पताल, नेशनल मेडिकल कलेज लगायतका स्वास्थ्य संस्था उपचार भइरहेको जनस्वास्थ्य अधिकृत राजकिशोर प्रसादले राससलाई जनाएको छ । सो रोग नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले वीरगञ्ज–१ देखि १९ सम्म वडामा लामखुट्टेको बासस्थान खोजी सो रोग सार्ने लामखुट्टे नष्ट गर्ने अभियान सञ्चालनमा ल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.