हुलाकी न्यूज, जनकपुरधाम १२ आश्विन । डा.बाबुराम भट्टराईले संविधान जलाउने सर्त मानेपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विरोधका कार्यक्रम स्थगित गरेको छ । तर जनकपुरमा प्रवेश पाईसके पछि बाबुरामले संविधान नजलाउने जनाएका छन् ।

मधेशी मोर्चा र बाबुराम पक्षबीच जनकपुरको गोपाल धर्मशालामा दिउँसो २ बजेतिर हुने कार्यक्रममा बाबुरामले संविधान जलाउने र स्वतन्त्र व्यानरमा कार्यक्रम गर्ने सहमति भएपछि मोर्चाले विरोधका कार्यक्रम स्थगित गरेको हो ।

तर दिउँसो १२ बजेतिर बाबुराम विना अवरोध जनकपुर प्रवेश पाईसके पछि संविधान जलाउने विषयमा आफ्नो असहमति रहेको जनाएका छन् । जनकपुरको यात्री निवासमा दिवाभोजमा सहभागी बाबुरामले संविधान जलाउने कार्यक्रमप्रति असन्तुष्टि जनाएको हो ।

हुलाकी न्यूजसँग संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको निर्णय कर्ता मध्येका एक सद्भावना पार्टीका धनुषा अध्यक्ष संजय सिंहले बाबुरामले संविधान जलाउनेमा सहमति जनाएपछि मात्र जनकपुरधाममा कार्यक्रम गर्न दिएको बताए ।

तर बाबुराम निकट नेता रामरिझन यादवले बाबुरामले संविधान नजलाउने हुलाकी न्यूजलाई बताए । यादवले बाबुरामले संविधान जलाउने कार्यक्रम नरहेको बताए ।

यादवले भने, ‘पगलाबाबा धर्मशालामा भएको छलफलमा बाबुरामले राजीनामा दिएर आए स्वगात गर्ने निर्णय भएको थियो । तर अहिले संविधान जलाउने विषय कहाँबाट थपियो ?’

यता मोर्चाका नेता सिंहले भने, ‘बाबुराम पक्षको सहमतिमा संविधान जलाउने निर्णय भएपछि हामीले उनलाई जनकपुर प्रवेश गर्न दिएका हौं । बाबुरामले त्यो सहमति पालना नगरे उनलाई धपाउनेछौं ।’

यता संघीय मधेशी मोर्चा सांकेतिक विरोधमा रहेको नेपाल सद्भावना पार्टीका नेता राजिव झाले बताएका छन् ।

6 COMMENTS

  1. malul huwa na ye khas wadi madheshi ka kabhi nahi hoga? or ye sala pahadi ke chamche, dalal, yadav ke naam par kalank hai kiyuki aab koi bhi bolega ki yadav hi ne khaswadi ko sath diya or sambidhan nahi jalane diya…. madhesh ka dusman madheshi neta sab hai….

  2. डा.बाबुराम भट्टराई दिउँसो १२ बजेतिर विना अवरोध जनकपुर प्रवेश पाईसके पछि संविधान जलाउने विषयमा आफ्नो असहमति रहेको जनाएका छन् ।डा.बाबुराम भट्टराई लाई जनकपुरबाट फिर्ता गरि काठमाडौँ बाट राजनीति गर्न दिउ कि कसो ?

  3. एमाओवादी परित्याग गरेका नेता भटटराई एमाओवादीकै नेताहरुसित मिलेर जनकपुरमा आन्दोलनलाई सघाउन आउने कारण खोतल्नु आवश्यक छ ।जनकपुरमा आमहडताल जारी छ ,नाकाबन्दी भएकै छ ।यस्तो अवस्थामा डा.भटराईले जनकपुर आएर आन्दोलनलाई कस्तो सहयोग गर्नेछन ?साच्चिकै उनले आन्दोलनलाई सघाउन चाहन्छन भने काठमाण्डौमापनि गर्न सक्छन ।तर उनको जनकपुर आगमन मधेशीलाई फुटाउन तिर केन्द्रित देखिन्छ ।
    ‪

    • ठिक भन्नुभो तपाईंले। यो साला टोपीहरू फेरि मधेशलाई तुक्राउन आएछन।

  4. ab khasbadi neta ko pachi lagnu hudai n madhesh ko lagi kasai le lar didai n madhesi swim afno netritwa garnu parch hai n vane pheri astai halat hunch hamro kura kasai le sundidai n.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.