हुलाकी न्युज, सिरहा । सिरहा नगरपालिका वडा नं. ६ बसविट्टामा उत्तरदिशाबाट आएको कमला नदीको बहाव पूर्वी बाँधलाई कटान गर्न थाल्दा तत्कालै बाँधलाई बचाउन लङ्गगर राख्न मंगलबार देखि नेपाली सेनाको टोलिले बाँध जोगाउन खटिएको छ ।
बसविट्टा निवासीहरु नगरपालिकाबाट राहत सामग्रीहरु बाहेक अर्को सहयोग नपाएर आफै स्थानीय वडा वासीहरु खालिबोरामा बालुवा भरेर बाँधको लंगर हाल्ने काम शुरु गरिसकेको छ ।
 
उत्त कार्यमा श्री शम्सेर दल गण ओखलढुगांबाट नेपाली सेनाका सेनानी अनिल कडेलको नेतृत्वमा ९० जना जवान तथा बन्दिपुर सेना क्यापका सहसेनानी राजेन्द्र श्रेष्ठको नेतृत्व ३० जना जवान गरी १ सय २० जना नेपाली सेनाले लङ्गर बनाउने काममा लागेका छन् भने स्थानीय नगरवासीहरु पनि तदारुकताका साथ कामका लागेका छन भने जानकारी स्थानीय राजनीतिक कर्मी दिनेश कुमार यादवले बताएका छन् ।
 
उक्त लङ्गरभन्दा महत्वपूर्ण कार्य नदीको पूर्व दिशातिर भएको बहाबलाई दक्षिणतिर नर्फकाउन्जेल खतरा रहीरहने छ । जसलाई दक्षिण तिर मोडन बीच नदीको ढीस्कोलाई काटदा मात्र बहाब फेन्न सक्ने मात्र पानीको बहाब फेर्न सक्नेमा कतैबाट पहल नभएको जानकारी समेत यादबले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.