हुलाकी न्यूज, काठमाडौं, १२ असोज । मधेशका केबल अपरेटरहरुले हिन्दी च्यानल बन्द नगर्ने निर्णय लिएका छन् । मंगलबारदेखि देशभर हिन्दी च्यानलको प्रसारण बन्द गर्ने निर्णय लिइएको भएपनि मधेशका जिल्लाहरुमा हिन्दी च्यानल बन्द नहुने भएको छ । काठमाडौंमा मंगलबार बिहानैदेखि हिन्दी च्यानल प्रसारण रोकिएको भएपनि मधेशका जिल्लाहरुमा प्रसारण भइरहेको छ ।

यतिखेर मधेशका जिल्लाहरुमा नेपाली च्यानल प्रसारणमा रोक लगाउने विषयमा छलफल भइरहेको मधेशमा रहेका केबल अपरेटरहरुले बताएका छन् । जनकपुरका एक जना केबल अपरेटरले आफूहरुमाथि नेपाली च्यानलको प्रसारण बन्द गर्न दबाब आइरहेको बताउँदै नेपाली च्यानलको प्रसारणमा रोक लगाउने बारे छलफल भइरहेको बताए ।
nepali-channels

रौतहटका स्थानीय पत्रकारले जनाए अनुसार त्यहाँका केबल अपरेटर पनि हिन्दी च्यानल बन्द नगर्ने मनस्थितिमा रहेका छन् । ती पत्रकारले भने, ‘रौतहटमा अहिले नेपाली च्यानलविरुद्ध आक्रोश बढेको छ । यस्तोमा यहाँका केबल अपरेटरहरु हिन्दी च्यानल बन्द नगर्ने निर्णयमा पुगेका छन् । यहाँ पनि नेपाली च्यानल प्रसारणमा रोक लगाउने बारे विचार भइरहेको छ ।’

मधेशका अन्य जिल्लामा पनि हिन्दी च्यानलको प्रसारण जारी रहेको छ ।

4 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.