काठमाडौं, भदौ १ । बाढीपहिरो प्रभावित क्षेत्रमा आफ्ना ग्राहकको सञ्चार सुनिश्चित गर्न एनसेलले मंगलबारसम्म प्रदान गरेको निःशुल्क एसएमएस सेवाअन्तर्गत ग्राहकले १ करोड ६६ लाखभन्दा बढी एसएमएस आदानप्रदान गरेका छन् ।
कम्पनीले विपद्को बेलामा आफ्ना ग्राहकलाई आफ्ना प्रियजनस“ग सम्पर्कमा रहन र उद्धार तथा राहतकार्यमा सहयोग गर्नका लागि आइतबारबाट तीन दिनसम्म प्रतिदिन प्रतिग्राहक ५० वटा निःशुल्क एसएमएस उपलब्ध गराएको कम्पनीले जनाएको छ ।नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निर्देशनअनुसार एनसेलले बाढीपहिरो प्रभावित २३ जिल्लाका ग्राहकलाई निःशुल्कएसएमएस सेवाप्रदान गरेको हो ।
यस बाहेक भ्वाइस तथा डेटा सेवालाई सहज बनाउन एनसेलले ब्यालेन्स ट्रान्सफर सेवा पनि निःशुल्क बनाएको थियो । साथै एनसेल सापटी सेवाअन्तर्गत प्राप्त हुने सापटी रकमलाई वृद्धि गरी विद्यमान सेवा शुल्कमै ६० सापटी प्रदान गरिएको थियो । यसैगरी कम्पनीले प्रभावित क्षेत्रका ग्राहकलाई लक्षित गरी आफ्ना प्रियजनस“ग सम्पर्क गर्न सघाउनका लागि निःशुल्क आपतकालीन सम्पर्क नम्बर ९००८ पनि सञ्चालनमा ल्याएको थियो ।
‘बाढीपहिरो प्रभावित क्षेत्रलाई लक्षित गरी प्रत्येक दिन प्रदान गरिएको निःशुल्क एसएमएस सेवा, थप सापटीको सुविधा, निःशुल्क ब्यालेन्स ट्रान्सफर सुविधा र आपतकालीन सम्पर्क नम्बरले विपद्को क्षणमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहन र राहत तथा उद्धार कार्यमा सहज बनाएको प्रतिक्रिया पाएका छांै,’ एनसेलका कर्पोरेट सर्भिसेस् निर्देशक प्रणय आचार्यले भने ।




Their work is appreciated .
thanks ncell for Helping the nation .