हुलाकी न्युज,काठमाडौं–कोशीमा बगाएर दाहसंस्कार गरिएका नाबालकको काजक्रियाका लागि नेपाल तरुण दलको पहलमा मुकुन्द अधिकारीले सहयोग गरेका छन् । सप्तरीको कोइलाडी( ६ मा विरामी भएर मृत्युवरण गरेका एक बालकको शव गाड्ने जमिन नभएपछि कोशी नदीमा बगाइएको थियो । ८ महिने नाबालक कमलु सदाको काजक्रियाका लागि नेपाल तरुण दलको पहलमा अधिकारीले सहयोग गर्न लागेका हुन् ।

नेपाल तरुण दलको सप्ताहव्यापी ‘एक तरुण एक राहत अभियान’ अर्न्तगत काठमाडौंका मुकुन्द अधिकारीले उक्त नाबालकको काजक्रियाका लागि नगर २५ हजार रुपैयाँ उपलब्ध गराएका हुन् । अधिकारीलार्इ नेपाल तरुण दलले धन्यवाद समेत व्यक्त गरेको छ ।

अधिकारीबाट प्राप्त उक्त सहयोग रकम बुधबार नै पीडित परिवारलार्इ बुझाउनका लागि नेपाल तरुण दलका सप्तरी नेता अर्जुन यादवलार्इ नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले हस्तान्तरण गरेका छन् ।

यो दर्दनाक कथाको तस्बिर यूरोपियन फोटो एजेन्सी ९ईपीए०का लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले खिचेका हुन् । केही समयदेखि बिरामी भएका सदाको आइतबार मृत्यु भएको थियो । परम्पराअनुसार बालकलाई पुरेर अन्तिम संस्कार गर्नुपर्ने थियो । तर, बाढीले पुर्ने ठाउँ नभएपछि बालकको शवलाई उनका काका देवकुमार सदाले बगाइदिएका हुन् ।

बाढीपहिरो तथा डुवानमा परी बुधबारसम्म १ सय २३ जनाले ज्यान गुमाइसकेका छन् भने ३५ जना अझै वेपत्ता छन् । वेपत्ताको खोजी तथा पीडितलार्इ राहत तथा उद्दारको कार्य भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.