हुलाकी न्यूज, जलेश्वर ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बाढीका कारण महामारी फैलिने खतरा बढेको छ । जलेश्वरनगरपालिका वडा नम्बर आठमा रहेको साह पोलट्री फर्ममा मरेको कुखुराहरुले दुर्गन्ध फैलाउँदा महामारी फैलिने खतरा बढेको स्थानीय चिकित्सकहरुले बताएका छन् ।

स्थानीयबासी रोहित चौधरीले हुलाकी न्यूजलाई दिएको जानकारीअनुसार बाढीका कारण फार्म मै मरेका कुखुराहरु अहिलेसम्म फालिएको छैन । जसकारण दुर्गन्ध निकै फैलिएको छ ।

चौधरीका अनुसार स्थानीयबासीहरुले सीडीयोसहित विभिन्न अधिकारीलाई जानकारी गराएपनि सरसफाइ भएको छैन । दैविक उद्धार समितिले नगरपालिकाका अधिकारी पवन झालाई सरसफाईको जिम्मेबारी दिएपनि आजसम्म सरसफाई हुन नसकेको चौधरीले बताए ।

शैलेन्द्र साहको उक्त कुखुरा फार्ममा बाढीका कारण करिब एक हजार कुखुरा मरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.