हुलाकी न्युज, राजबिराज। वर्षाका कारण आएको बाढीले मृत्यु भएका सप्तरी कोइलाडीको बालक कमलु सदाको पुर्ने ठाउँ नभए पछि कोसी नदीमा बगाएर सद्गत गरिएको उनका बुबा फुदन सदाले जनाएको छ।

मृतक छोराको सद्गत गर्ने खाली जमिन नभएर मृतकका काकाले शव कोसीमै बगाइदिएका थिए ।पैसा नभएका फूलन छोराको काज किरियाका लागि मंगलबार धरानबाट पैदलै घर आइपुगेका थिए ।

फूलन धरानमा काम गरेर आफ्नो परिवार चलाउदै आएको थियो । उनका परिवार पालमुनि बसेर किरिया सुरु गर्ने तयारी गरे पनी पैसा अभावले उनका परिवारलाई थप पीडा दिएको छ ।

सप्तरीमा मुसहर समुदाय आर्थिकलगायत सबै हिसाबले पछि परेका समुदाय हुन् । तर वर्षाकै कारण मृत्यु भए पनि कमलुको परिवारलाई सरकारले बाढीमा मृत्यु भएर राहत पाउनेको सूचीमा राखेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.