हुलाकी न्यूज, जनकपुरधाम । जनकपुर उपमहानगरपालिका वडा नम्बर एकमा १३ वर्षीया बालिकाको बलात्कार पछि हत्या गरिएको स्थानीयबासीले जनाएका छन् ।
धनुषा प्रहरीले हुलाकी न्यूजलाई दिएको जनकारी अनुसार जनकपुर उपमहानगर पालिका वडा नम्बर एकमा घर भएकी विविका साहको हत्या गरिएको छ । साहको लास कोठा भित्र बाकसमा भेटिएको छ ।
प्रहरीको प्रारम्भीक अनुसन्धान अनुसार सोही घरमा बस्दै आएका ३५ वर्षीय रामचन्द्र महतोले बलात्कार गरी हत्या गरेको हुन सक्छ । महतोलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
पक्राउ परेपछि महतो बेहोस हुँदा उनको उपचार जनकपुर अञ्चल अस्पतालमा हुँदैछ ।
त्यस्तै मृतक साहको पोष्टमार्टम हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।



