हुलाकी न्युज, इनरुवा | बाढीका कारण अवरुद्ध बनेको विद्युत सेवा सञ्चालनमा आउन नसकेपछि नगरवासीकालागि इनरुवा नगरपालिकाको कार्यालयले मोवाइल चार्जको व्यवस्था मिलाएको छ ।
 
इनरुवा नगरपालिकाले वैकल्पिक व्यवस्था मिलाउँदै नगरका चौकहरुमा मोबाइल चार्ज गर्ने व्यवस्था मिलाएको हो ।
इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताका अनुसार बाढीका कारण कष्टकर बनेको सर्वसाधारणको दैनिकीलाई आफन्तजनसँग सम्पर्क हुन सकोस र सूचनाको पहुँच पुगोस भन्ने उद्येश्यले विद्युतको वैकल्पिक व्यवस्था मिलाइएको हो ।
सोलार र जेनेरेटरको पायक अनुुकुल हुनेगरी मूख्य मूख्य चौकमा मोबाइल चार्जको व्यवस्था मिलाइएको छ । चार्ज गर्ने स्थानहरुमा सर्वसाधारणले पालो कुरेर आआफ्ना मोबाइल लगायत चार्ज गरिरहेका छन् ।

५ दिनदेखि अवरुद्ध विद्युत आज साँझबाट संचालनमा आउन सक्ने अनुमान गरिएको छ । विद्युत प्राधिकरण दुहवी ग्रिडले दिएको जानकारी अनुसार विद्युत सप्लाईको तयारी भैरहेको र प्राविधिक चेकजाँच पुरा गरी सप्लाई दिन मिल्ने क्षेत्रमा सकेसम्म आज साँझ वा अवेर रातीबाट विद्युत प्रवाह हुन सक्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.