हुलाकी न्यूज, न्यूर्योक । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) ले मधेशका बाढी पीडितहरुका लागि राहत संकलन गर्दैछ ।

एनआरएमएको अमेरिका शाखाले अनलाइनमार्फत राहत संकलन गर्दैछ भने साउदी अरब शाखाले पनि राहत संकलन गर्दैछ ।

अमेरिका शाखाले गोफण्डमी अनलाइनबाट राहत संकलन थालेको छ । मधेशका बाढी पीडितलाई अनलाइनमार्फत राहत उपलब्ध गराउन यहाँ क्लिक गर्नु होला ।

https://www.gofundme.com/help-flood-victims-in-madhesh/donate

त्यस्तै, साउदी निर्मल कुमार मण्डलको संयोजनमा राहत संकलन हुँदैछ । साउदीमा राहत उपलब्ध गराउन निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सकिनेछ ।
संयोजक:–निर्मल कुमार मण्डल (+966-0597959956)
#रियाद पूर्बी क्षेत्र के लिए- अधिकारी उपेन्द्र(बरिष्ठ उप संयोजक)-+966596537416
#रियाद पूर्बी क्षेत्र के लिए:- मुकेश साह
+966581815126
#रियाद बतहा क्षेत्र के लिए:-राम नारायण मण्डल- +966597875366
#रियाद जन्दरिया क्षेत्र के लिए:- बिनोद मण्डल-0571920030
#रियाद जदिद सनैया क्षेत्र के लिए:-शिव शंकर यादब-0581488196
#रियाद गदिम सनैया क्षेत्र के लिए:-लिला कान्त मण्डल-0571340005
#जेद्दा क्षेत्र के लिए:-सरूज दास-0571165635,0581604473
#दिलीप राउत:-0506292127
#आभा खामिस क्षेत्र के लिए:-राम शरण कापर-0597634594
#दमाम क्षेत्र के लिए:- शुशील मण्डल-0556085143

एनआरएमएले विश्वभरीबाट संकलन गरेको रकम हुलाकी न्यूज डटकमको सेवा समूह हुलाकी बाढी पीडित हेल्प सेन्टर #hulakiheplcenter मार्फत वितरण गर्नेछ । ५० डलरभन्दा माथि सहयोग गर्ने सम्पूर्ण सहयोगीहरु बारे जानकारी हुलाकी न्यूजमा प्रकाशित हुनेछ । संकलन भएका राहत वितरणको सम्पूर्ण जनकारी हुलाकी न्यूजमा उपलब्ध हुनेछ ।

यता एनआरएमएका अन्तर्राष्ट्रि अध्यक्ष बशन्त कुशवाहाले बाढी पीडितको राहतमा जुट्न सबैसँग आग्रह गरेका छन् । अध्यक्ष कुशवाहाले मधेशमा रहेकाहरुलाई भौतिक तथा शारिरक रुपमा र मधेशभन्दा बाहिर रहेकाहरुलाई आर्थिक रुपमा सहयोग गर्न आह्वान गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.