हुलाकी न्युज, विराटनगर | अविरल बर्षासगै आएको बाढीमा परि अहिलेसम्म मोरङमा १९ जनाको मृत्यु भएको छ । बाढीले बगाएर हराइरहेका विराटनगरका सात जनाको शव आज विहान भारतको जोगबनी रेल्वे स्टेशन नजिक फेला परेको छ । सात मध्ये चार जनाको सनाखत हुन सकेको छैन ।

विराटनगर १३ का २१ वर्षिय रोशन लुइटेल, २८ वर्षिय मनोज पासवान र १२ का निश्चल घिमिरेको शव फेला परेको हो । अर्का एक पुरुष र तीन महिलाको भने सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यलय मोरङले जानकारी दिएको छ । उनिहरु २८ गते शनिवार घरबाट बाहिर निस्केको आफन्तजनले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार मोरङमा मात्रै साढे आठ हजार बढि घर डुबानमा परेका छन् भने आधा भन्दा बढि विस्थापित भएका छन् । सबैभन्दा वढि प्रभावित क्षेत्र विराटनगर, रतुवामाई, केराबारी, मधुमल्ला, सुन्दरहरैंचा लगायत स्थानमा राहत वितरण गर्न जिल्ला दैवीप्रकोपा उद्धार समितिले तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.