अविरल वर्षाले निम्त्याएको बाढीका कारण बिरामी परेर कमलले ज्यान गुमाएका थिए।
आइतवार कोशी नदीमा गरिएको कमलको अन्तिम संस्कारको मार्मिक तस्वीरहरु युरोपियन फोटो एजेन्सी (इपीए) ले प्रकाशन गरेको छ।
साधारणतया उक्त समुदायमा बच्चाको अन्तिम संस्कार गाडेर गर्ने गरिएपनि बाढीका कारण सबैतिर जलमग्न भएपछि कमलको परिवारले उनको शवलाई नदीमा बगाउने निर्णय लिएका थिए ।
हुलाकी न्युज, सप्तरी | सप्तरीको कुलारी गाउँका देवकुमार सदाले आफ्ना आठ वर्षीय भतिज कमल सदालाई कोशी नदीमा बगाएर अन्तिम संस्कार गरेका छन्।


