हुलाकी न्यूज, गौर, १२ असोज । बुधबार रौतहटको गौरमा मधेशी मोर्चाको वृहत आमसभा हुँदैछ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको संयुक्त आयोजनामा गौरको ऐतिहासिक राइस मिल मैदानमा आमसभा हुन लागेको हो ।

आमसभालाई मधेशी मोर्चाआबद्ध दलका अध्यक्षहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मोर्चा घटकमध्ये तमलोपा अध्यक्ष महन्थ ठाकुर हाल काठमाडौंमा रहेकाले उनी गौर जाने नजाने बारे निर्णय नभइसकेको मोर्चा स्रोतले जनाएको छ ।

मोर्चाका बाँकी तीन जना अध्यक्ष राजेन्द्र महतो, उपेन्द्र यादव र महेन्द्र यादव आमसभामा सम्बोधन गर्न जाने निश्चित भएको छ ।

यता, गौरमा आमसभाको तयारी मंगलबार बाटै थालिएको छ । सदरमुकाम गौरसँगै जिल्लाभरी नै माइकिङ गरेर आमसभाको बारेमा स्थानीय जनतालाई जानकारी दिइँदैछ । मधेशी मोर्चा र मुस्लिम गठबन्धनले गाउँगाउँबाट गरी करिब ४० हजार जनता राइस मिलमा उतार्ने योजना राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.