हुलाकी न्युज, महोत्तरी । जलेश्वर कारागारमा विभिन्न मुद्दामा सजाय भोगिरहेको कैदी बन्दीहरुको विजोग भएको छ । कारागार परिसरमै आईतवार करिव ६ फिट पानी पसेपछि कैदीहरु समस्यामा परेका छन् ।
जलेश्वर कारागारमा एकसय पैतिस कैदी राख्न सक्ने क्षमता रहेको छ | हाल जलेश्वर कारागारमा तिनसय विरासी कैदी बन्दि रहेका छन् | त्यस मध्ये चालिस महिला कैदी र दुई आश्रित वालवालिका रहेका छन । आईतवार पानीको उच्च वहाव र बर्षाका कारण कारागार परिसरमा पानि पस्दा कैदीहरु पानी भित्रै शौचलयमा वस्न बाध्य भएका छन ।
हातेकल पानीमा डुवेपछि महिला तथा पुरुष कैदीहरु समेत विगत तिन देखि देखि खाना तथा पानी विना नै वस्नु परेको छ । कैदीहरुको अवस्था बुझ्न कारागार पुगेका संचारकर्मीहरुमाथी खनिदै कैदीहरुले आफ्नो व्यथा देखाउदै गुनासो गरे ।
कैदीहरुले विगत तिन दिन देखि खाना र पानी नपाएर भोकै वसेपनि अझै कुनै निकायले सुधी लिन समेत नआएको बताए । उनीहरुले तल्लो तल्ला पानीमा पुरै डुवेपछि कारागारको माथिल्लो तल्ला र छतमा वास वसेको बताए । उनीहरु अझै खाना पकाउने ठाउ नपाएर कसरी खाने र के खाने भनेर चिन्तित भएका छन ।
यता कैदी वन्दीको अवस्था दयनिय रहेको वेला केहि संचारमाध्यमले कैदीले राहत पाएको समाचार प्रकाशन गरेको भन्दै कैदीहरुले आपत्ती जनाए । यता कारागार कै कार्यालय तथा सुरक्षाकर्मी सुत्ने कोठाहरु जलमग्न रहेपछि सुरक्षाकर्मीहरु पनि खान र वस्न छतकै सहारा लिएका छन ।
महोत्तरीमा आएको वाढीले अहिलेसम्म एकजनाको मृत्यु भएको छ भने एकजना वेपत्ता भएका छन । आईतवार साझ सात बजे सम्मको तथ्यांक अनुसार महोत्तरीमा दुईसय अठार घर पुर्ण क्षति भएको र चारहजार मानिसलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरी जनाएका छन् ।




[…] बर्षाका कारण जलेश्वर कारागारका कैदीह… […]