हुलाकी न्यूज, मलंगवा । सर्लाहीको विभिन्न नदीमा आएको बाढीमा बगेर अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने वर्षाले घर भासिदा एक जना गरी चार जनाको मृत्यु भएको छ । ६ सयभन्दा बढी घर क्षतिग्रस्त भएको छ भने हजारौ हजार घरमा पानी पसेको छ ।

वर्षाको पानीले ठाउँ–ठाउँमा बिजुलीको पोल ढलेकाले विद्युत अवरुद्ध भएको छ । अझै ३ दिनसम्म विद्युत नआउने नेपाल विद्युत प्राधिकरण मलंगवाले जनाएको छ ।

जिल्लाका कतिपय ठाउँमा मोवाइलको नेटवर्कले काम नगर्दा थप समस्या भएको छ ।

बागमती नदीको पानी खैर्बा, बहुअर्वा, सिसौट, सेखौना, धनकौल महिनाथपुर, हरकठवा, मानपुररमा पस्दा हजारौ घर डुबानमा परेकोे छ । लखनदेही खोलको बाढीले हरिपुर, जानकीनगर, पिपरिया, हेमपुर, श्रीपुर, बिरनगरा, पडरिया, शिबनगर, बेल्ही, धनगढा, सहोडबा, सुन्दरपुर, कौडेनाको छपकहिया, सक्रौलको शिबनगर र भाडसरमा बस्दा सयौं घर डुबानमा परेको छ ।

त्यसैगरी सोती नदीको पानी पस्दा, बरहथवा, सितापुर, हिरापुर, गडहिया डुमरियाको घरहरु डुवानमा परेको छ । त्यसैगरी झिम नदीको पानी पस्दा भेल्ही, त्रिभुवन नगर, र मलंगवाको वडा नम्बर ८,९ र १०का घरहरु डुवानमा परेको सहकर्मी विश्वानाथ ठाकुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.