
हुलाकी न्यूज, काठमाडौं । नेकपा माओवादी (केन्द्र)को दुई नम्बर प्रदेशले बाढी पीडितलाई सहयोग गर्न आफ्ना नेता तथा कार्यकतारुहलाई निर्देशन दिएको छ । आइतबार एक विज्ञप्ती जारी गर्दै दुई नम्बर प्रदेशका इन्चार्ज मातृका प्रसाद यादवले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई तत्काल उद्धार कार्यमा जुट्न निर्देशन दिएको छ । त्यस्तै, सरकारलाई राहत कार्यमा सहयोग गर्ने आग्रहसमेत गरेको छ ।
यादवद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘विपत्तिको समयमा आम जनसमुदायहरुमा एक अर्कासंग एकाकार भई कष्टपूर्ण विपदको सामना गर्न विशेष अपिल गर्दछौं । अतः पीडित परिवारलाई उद्दार गर्न र राहत उपलब्ध गराउने कार्यमा जुट्न सम्पूर्ण राजनीतिक दलहरु, बिभिन्न संघ संस्थाहरु र आदरणीय जनसमुदायसँग अनुरोध गर्दै हाम्रो पार्टी ने.क.पा. (माओवादी केन्द्र) २ नंं. प्रदेशका आम नेता कार्यकर्ताहरु लाई विशेषरुपमा पीडितहरुलाई सहयोग पु¥याउन निर्देशन गर्दछौं ।’
नेपाल सरकारलाई युद्धस्तरमा डुवान पीडितको उद्धार र राहत पु¥याउने काममा लाग्न ध्यानाकर्षण गराइएको छ । ‘प्राकृतिक विपत्तिको समयमा समन्वयात्मक ढंगले एकीकृत शक्तिका साथ उद्धार र राहतमा जुटी पीडित जनतालाई तत्काल सुरक्षित स्थानमा पु¥याउन स्थानीय निकायहरु मुख्यतः सुरक्षा निकायहरुलाई विशेष आग्रह गर्दछौं ।’ विज्ञप्तीमा जनाइएको छ ।



